• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

एकांकी महोत्सवका सहभागीलाई मायाको चिनो प्रदान


सुभाय् संवाददाता July 12, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १५ मिनेट

काठमाडौं /नेवार समुदाय साहित्य सम्पदा संस्कृतिमा नेपालमा अग्रणी समुदायमा पर्दछ । नेवार रंगमञ्चको गौरवमय इतिहास छ । यसलाई दबू प्याखं , ख्याल:को रूपमा बर्षैपिच्छे गुंला र यंलामा निकालिने प्रचलन रहेको थियो जुन यो समय प्राय: लुप्त भइसकेको छ । यतिबेला नेपाल भाषा संस्कृतिको निम्ति कार्य गर्दै आएको एकेडेमी नेपाल भाषा एकेडेमी कीर्तिपुरले एक एकांकी महोत्सव आयोजना गर्‍यो । कोरोनाका कारण लकडाउनको समय टेलिभिजन मार्फत यो महोत्सव गरिएको थियो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नेपालभाषा एकेडेमीले यसरी नेपालमै पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण मार्फत एकाङ्की नाटक महोत्सव सम्पन्न गरेको हो । महोत्सवमा ८ वटा एकांकी नाटक सहभागी भएका थिए ।
नेपालभाषाका विभिन्न एकाङ्की नाटकहरु मध्ये नाटककार मीना बज्राचार्यको लिथुको निर्देशक पवन जोशी, रामकृष्ण धिनाको थ्वपू कर्मको राजेश शाक्य, शशीकला मानन्धरको चन्द्रहारको निर्देशक आर्यम नकःमि, राजेन्द्रकुमार पुताको थौंकन्हेको रवी महर्जन, नेपालभाषाका लोककवि राजभाइ जकःमिको कीर्तिलक्ष्मीको रामकृष्ण खडगीले निर्देशन गरेका थिए भने महोत्सवमा लेखक, निर्देशक सुरेन्द्र तुलाधर को डा. कान्छाभाई, लेखक, निर्देशक कृष्ण प्रजापतिको बुंख्याचा, लेखक, निर्देशक राजु श्रेष्ठको तरकारी बन्जा पनि मन्चन गरिएको थियो ।
सो एकाङ्की महोत्सवमा सहभागी नाटकका कलाकार, लेखक, निर्देशक र सहयोगीहरूको सम्मानमा शनिवार कीर्तिपुरस्थित नेपालभाषा एकेडेमी हलमा आयोजित कार्यक्रममा आयोजक तर्फबाट धन्यबाद ज्ञापन गर्दै सम्मान गरिएको थियो ।
आयोजक नेपालभाषा एकेडेमीका प्राज्ञ एवम् नाटक प्रदर्शन आयोजन समितिका संयोजक वीरप्रसाद भन्सारीको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि प्रा. डा. चन्द्रमान वज्राचार्य र वरिष्ठ चलचित्र पत्रकार एवम् नेपालभाषा एकेडेमीका प्राज्ञ विजयरत्न असंबरेले प्रदर्शित नाटकहरूको समीक्षा गरेका थिए ।

कार्यक्रममा नाटक प्रदर्शन समितिका सदस्य एवम् वरिष्ठ चलचित्र निर्देशक पवन जोशीले धन्यवाद ज्ञापन गरेका थिए भने सहभागीहरुलाई धन्यवादपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

सम्बन्धित पोस्ट
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑