मुम्बई /बलिउडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना पोजिटिव देखिएको पुष्टि स्वयं अमिताभ बच्चनले आफ्नो सामाजिक संजाल् मार्फत गरेका छन् । अमिताभ बच्चनलाई मुंबईको नानावती अस्पतालमा भर्ना गरिएको छ । 77 वर्षीय अमिताभ बच्चन ने आफैंले यो जानकारी दिएका हुन् । अमिताभ बच्चनले आफ्नो फेसबूक पेज र ट्वीटरमा लेखेका छन् “ममा कोरोना पोजिटिव देखिएको छ । गत १० दिनभित्र मेरो सम्पर्कमा आउनु भएकाहरु सबैले पनि टेस्ट गराउन अनुरोध गर्दछु । ” उनले लेखेका छन् । भारतीय मिडिया न्युज च्यानल आज तकले पनि महानायकलाई कोरोना पुष्टि भएको समाचार प्रकाशनमा ल्याएको छ ।
महानायकले आफ्ना परिवारका सबै सदस्यहरुको कोरोना टेस्ट गरिएको र रिपोर्ट पर्खेर बसेको बताएका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५