काठमाडौं / वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनद्वारा दिनुभएको राजीनामा च्याप्टरको सचिवालयको बैठकले अस्वीकृत गरेको छ । परिस्थितिलाई ध्यानमा राखेर संस्थागत हितका निम्ति बहुमत सदस्यले राजीनामा नदिन मत राखेपछि राजीनामा दिनुभएका अध्यक्ष शाक्यले आउँदो अधिवेशनसम्मका लागि जिम्मेवार बहन गर्न तयार भएका हुन् ।
राजीनामा प्रकरणलाई लिएर बुधबार काठमाडौंमा नेपाल च्याप्टरको आकस्मिक बैठक बसेको थियो । बैठकमा सल्लाहकारहरु डा. सुमित्रा मानन्धर , पुष्करभक्त माथेमाको पनि उपस्तिथि रहेको थियो । छलफलका क्रममा नेपाल च्याप्टरका सचिवालय पदाधिकारीहरु महासचिव रश्मिला प्रजापति, सचिव महर्जन रत्न , कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ , सह- कोषाध्यक्ष सुदय सिलाकार , सदस्यहरु अन्जना ताम्राकार , शान्ति वैद्य , कस्तुरी श्रेष्ठ लगायतले यस अवस्थामा अध्यक्षको राजीनामा संस्था हितमा नहुने भएको कारण राजीनामा नगर्न र आउँदो अधिवेशनसम्म सोही पदमा रहि कार्य गर्न अध्यक्ष शाक्य सुरेनलाई अनुरोध गरेका थिए ।
सचिवालयको मतलाई कदर गर्दै अध्यक्ष शाक्यले सो पदमा रहेर अधिवेशनसम्म कार्य गरि नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्न तयार भएको प्रतिबद्धता व्यक्त गरेसँगै त्यस च्याप्टरको राजीनामा विवाद टुंगिएको छ ।
केही दिनअगाडि मात्र अध्यक्ष शाक्य सुरेनले स्वास्थ्यको कारण देखाइ अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५