हस्पिटलमा रिफर भएर आएका ती युवाको आरडीटी रिपोर्ट पोजेटिभ पाइएको हो ।’ हस्पिटल स्रोतले भने, ‘कोरोना नै भनेर पुष्टि हुन पीसीआरको रिपोर्ट आवश्यक पर्छ ।’
काठमाडौं / सानेपास्थित स्टार हस्पिटलमा साँझ ८.४० मा एकजना युवाको निधन भएको छ । हस्पिटलको उच्च स्रोतका अनुसार आरडीटी पोजेटिभ पाइएको युवाको निधन भएको हो ।
‘हस्पिटलमा रिफर भएर आएका ती युवाको आरडीटी रिपोर्ट पोजेटिभ पाइएको हो ।’ हस्पिटल स्रोतले अनलाइन पत्रिकालाई भने, ‘कोरोना नै भनेर पुष्टि हुन पीसीआरको रिपोर्ट आवश्यक पर्छ ।’ रिपोर्ट आएपछि मात्रै पुष्टि हुनेछ ।’ समाचार तयार पार्दा सम्म ती युवाको स्वाब परिक्षणको लागि पठाउने तयारी भइरहेको छ ।
‘रौतहटका ती युवालाई हस्पिटलको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । यसपछि आइसीयूमा लगिएको हो ।’ हस्पिटलको उच्च स्रोतले अनलाइन पत्रिकालाई भने, ‘ती युवाको सम्पर्कमा आएका हस्पिटलका पाँच कर्मचारीहरु क्वारेन्टिनमा बसिसकेका छन् ।’
साभार:अनलाइन पत्रिका
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५