• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

काठमाडौं महानगरको बार्षिक बजेट १६ अर्व ४२ करोड ७३ लाख २६ हजार


सुभाय् संवाददाताJune 24, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ । आर्थिक बर्ष २०७७/०७८ का लागि काठमाडौँ महानगरपालिकाको बजेट १६ अर्व ४२ करोड ७३ लाख २६ हजार रुपैयाँ प्रस्ताव भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरको सातौं अधिवेसनको दोश्रो बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उक्त रकम प्रस्ताव गरेको हो ।  गत असार ४ गते सम्पन्न भएको महानगरको सातौं अधिवेशनको पहिलो बैठकमा महानगरका मेयर बिद्यासुन्दर शाक्यले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।त्यस बैठकपछि चलेको दोश्रो सत्रमा गरिएको छलफलपछि पारित नीति तथा कार्यक्रमका र महालेखा परीक्षकको कार्यालयले लेखा व्यवस्थापन गर्न सञ्चालनमा ल्याएको सुत्र (सब—नेशनल टेजरी रेगुलाटोरी एप्लिकेसन) का आधारित भएर बार्षिक बजेट प्रस्तुत गरिएको थियोे  ।
प्रस्तुत बजेटमा आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यो कुल बजेटको १ दशमलम ५ प्रतिशत हो । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरिएको छ । यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो ।
यसै गरी पूर्वाधार बिकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार रुपैयाँ बिनियोजन गरिएको छ । यो कुल बजेटको ५१ दशमलब ३४ प्रतिशत हो ।
सामाजिक बिकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ अर्थात् कुल बजेटको १५ दशमलब २२ प्रतिशत रकम प्रस्ताव गरिएको छ । त्यसैगरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख बजेट बिनियोजन गरेको छ । यो कुल बजेटको ५ दशमलब ८६ प्रतिशत हो ।
प्रस्तावित बजेट १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको १५ दशमलब ६८ प्रतिशत अर्थात् २ अर्ब ५७ करोड ५१ लाख ५ हजार रुपैयाँ शसर्त अनुदानबाट प्राप्त हुने अपेक्षा गरिएको छ । त्यस्तै ६ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ आन्तरिक श्रोतबाट प्राप्त हुने अपेक्षा गरिएको छ । यो कुल आम्दानीको ४१ प्रतिशत हो । बाह्य श्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार रुपैयाँ, शसर्त अनुदान बाट २ अर्ब ५७ करोड ५१ लाख ५ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्ता बापत रु १ अर्ब २० करोड रुपैयाँ, जग्गा एकीकरण आयोजनाबाट ९६ करोड ८ लाख २६ हजार रुपैयाँ आम्दानी अनुमान गरिएको छ ।
कुल आम्दानीमा नपुग हुने रकम ३ अरब ५० करोड रुपैयाँ बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यो कूल आम्दानीको २१ दशमलब ३० प्रतिशत हो ।

 

 

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑