• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 17, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

नियम विपरीत उपत्यका बाहिरबाट मानिसहरू काठमाडौं छिर्दै , कोरोनाको खतरा बढ्ने चेतावनी , चार बस नागढुङ्गाबाट नियन्त्रणमा


सुभाय् संवाददाताJune 21, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं /लकडाउनकै समयमा काठमाडौं उपत्यकामा नियम विपरीत बाहिरी जिल्लाबाट धमाधम मानिसहरू प्रवेश गर्न थालेकोमा काठमाडौंबासी चिन्तित बनेका छन् । काठमाडौं उपत्यका प्रवेश गर्न हिंड्ने ठाउँबाट स्वीकृति लिनुपर्ने र उपत्यकाकाको सम्बन्धित नगर पालिकाले पास दिएपछि मात्र प्रवेश गर्न पाउने आदेश गृह मन्त्रालयले जारी गरेको अवस्थामा यसरी बिना पास दुबैतर्फ सूचना सम्म नदिइ उपत्यका प्रवेश गर्नेहरूको भीड बढेको देखिएको छ । यसैबीच बढी भाडा लिएर बिना पास उपत्यकामा भित्रिने क्रममा रहेका गाडीहरू प्रहरीले नियन्त्रणमा लिएको खबर आएको छ । बढी भाडा लिई नेपालगन्ज र झापाबाट काठमाडौं आएका चार वटा बसलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले विभिन्न मितिमा बढी भाडा असुल गरी काठमाडौं यात्रु ल्याउने चार वटा सार्वजनिक बसलाई नागढुङ्गाबाट नियन्त्रणमा लिएको हो।
नेपालगञ्जबाट आएका बा ४ ख ७३६३, ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हायस तथा झापाबाट आएको ना ५ ख ५८३४ नम्बरको बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको बताएइको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी बामदेव गौतमले बस चालकहरु विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्तीलाई पनि नियन्त्रणमा लिएको जानकारी दिए ।
उपत्यकामा यसरी बिनापास गाडीमा मानिस ल्याइने क्रम बढेको प्रहरीले स्वीकार गरेको छ। स्रोतका अनुसार सरकारका जिम्मेवार तहबाट समेत बाहिरबाट उपत्यकामा आउनेहरूलाई प्रवेश दिन आदेश आउने गरेको समेत बताइएको छ ।
कोरोना महामारी फैलन सक्ने खतरालाई ध्यानमा राखेर काठमाडौं उपत्यकामा प्रवेशमा रोक लगाइएको अवस्थामा यसरी अन्धाधुन्ध मानिसहरुको प्रवेशले काठमाडौंमा महामारीको खतरा बढेको विज्ञहरुले बताएका छन् । यसैबीच कोरोनाको हब बन्दै गएको काठमाडौंको छिमेकी जिल्लाको रूपमा रहेको धादिङबाट पनि धेरै मानिसहरू हिंडेर तथा गाडीवाट उपत्यका प्रवेश गरिएको बताइएको छ ।
संघीय सरकार ,प्रदेश सरकार र स्थानीय सरकार मिलेर कोरोना नियन्त्रणको कार्य गर्नुपर्ने हो तर स्थानीय सरकारले निकै दवाव दिएपनि संघीय सरकारले यसलाई बेवास्ता गरेको देखिएको एक स्थानीय जनप्रतिनिधिले बताए ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑