• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 11, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिमा खेन्पो जिग्डोल नियुक्त


सुभाय् संवाददाताJune 21, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / नेपाल सरकारले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिकाे रिक्त अध्यक्ष पदमा फुफु छेम्वे शेर्पा अध्यात्मिक नाम खेन्पो थुसेन जिक्डोललाई नियुक्ति गरिएको छ ।
नेपालभरीको बौद्ध गुम्बाहरु तथा विहारहरुको संरक्षण, सम्वद्र्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्नका लागि नेपाल सरकारले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको रुपमा यस समितिलाई स्थापित गरेको हो ।  प्रारम्भदेखि नै नेपाल भर बसोबास गर्ने लामा धर्म गुरुहरु बौद्ध दर्शन सम्बन्धि अध्ययन तथा बिकास गर्नुका साथ साथै पुराना ऐतिहासिक, पुरातात्विक महत्वका गुम्बाहरुको संरक्षण र संवद्र्धन गर्दै आइरहेको छ । २०४१ र २०४५ सालमा नयाँ गठन आदेश जारी भई यो समिति क्रमश गुम्बा तथा लामा ब्यबस्था समिति र गुम्बा ब्यवस्था तथा बिकास समितिको रुपमा सोही जिम्मेवारीलाई बहन गर्दै स्थापित भएको थियो । समय परिस्थितिको परिवर्तन संगसंगै समय सापेक्ष रुपमा अझ व्यवस्थित र प्रभावकारी ढंगले उपरोक्त कार्य गर्नको लागि यो समिति २०६६ सालमा नयाँ गठन आदेश, २०६६ पारित भई बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा बिकास समितिको रुपमा संचालित रहेको छ । हालै (२०७१ साल) नेपाल सरकार, संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय(माननीय उप–प्रधानमन्त्री स्तर) बाट यस समितिको“बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा संचालन नियमावली २०७१”स्वीकृत भई लागु भएको छ । साथै समितिले पञ्च वर्षिय रणनीतिक योजना–२०७१ समेत तयार गरी सोही अनुसार कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । विशेष गरी बौद्ध दर्शनको संरक्षण, विकास गर्न र बौद्ध धर्म संस्कृतिको संबद्र्धन गर्नका लागि स्थापना गरिएका गुम्बा तथा विहारहरुको संरक्षण सम्वद्र्धन तथा भगवान् बुद्धको शान्तिका सन्देशलाई मानवहितको लागि उपयोग गर्न पनि समिति लागिपरेको छ । भौतिक रुपले जीर्ण गुम्बाहरुको जीर्णोद्धार गरी राष्ट्रको अमूल्य सम्पत्तिको संरक्षण गर्ने यस समितिको मुख्य उद्देश्य अनुरुप समितिको स्थापनाकालदेखि नै सो कार्य हुँदै आएको छ र भविष्यमा पनि गरिदै जानेछ । बौद्ध दर्शन, धर्म, संस्कृति, कला तथा भाषाको संरक्षण र देशमा भएका गुम्बाहरु, बिहारहरु तथा लामा, भिक्षु, भिक्षुणीहरुलाई आत्मनिर्भर बनाउनको लागि बिभिन्न प्रकारका सीपमुलक तालिमहरु पनि यस समितिले सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित पोस्ट
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑