काठमाडौं / आज शनिबार काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भक्तपुरका सात जना महिलामा कोरोना संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका सात जना महिलामा कोरोना देखिएको हो। त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका एक महिलामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा सो संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए। योसँगै देशभर कोरोना संक्रमितको संख्या ८६०५ जना पुगेको छ।
त्यसैगरी गत २४ घण्टमा १७६ जना निको भइ डिस्चार्ज भएका छन्।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५