• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 03, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

शारीरिक सम्पर्कबाट पनि कोराना भाइरस सर्न सक्ने जोखिम


सुभाय् संवाददाता June 15, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं/  चिनियाँ अनुसन्धानकर्ताहरुले नयाँ तथ्य प्रकाशनमा ल्याएको छ । त्यस अनुसार  संक्रमित पुरुष निको हुन सुरु भएपनि नयाँ काेराेना भाइरस वीर्यमा यथावत रहने अनुसन्धानले देखाएको दाबी गरेका छन् । यस्तो निस्कर्षपछि शारीरिक सम्पर्कबाट पनि भाइरस सर्नसक्ने जोखिम बढेको हो ।
चीनमा कोरोनाभाइरसको प्रकोप उच्च रहेको बेला जनवरी र फेब्रुअरी महिनामा साङछिउ नगर अस्पतालमा ३८ जना पुरुष बिरामीको उपचार गरियो । भर्ना भएका बिरामीको १६ प्रतिशतको वीर्यमा कोरोनाभाइरस फेला परेको उपचारमा संलग्न चिकित्सकहरुको समूहले जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित एक प्रतिवेदनमा उल्लेख गरेको छ ।
भर्ना भएकामध्ये एक चौथाइ बिरामीको अवस्था जटिल रहेकोमा ९ प्रतिशत बिरामी स्वास्थ्य लाभ गरेको प्रतिवेदनमा चिकित्सकको समूहले जनाएको छ ।
चीनको जनमुक्ति सेना अस्पतालका चिकित्सक तियानकङ लीसहितको टोलीले जर्नलमा लेखेका छन्, “सार्स–कोभ–२ कोभिड–१९ बिरामीको वीर्यमा उपस्थित हुन सक्छ, र सार्स–कोभ–२ निको हुन लागेका बिरामीको वीर्यमा समेत फेला पर्न सक्छ ।” “पुरुषको प्रजनन अङ्गमा भाइरसले नक्कल गर्न नसकेपनि यो पुरुष यौनग्रन्थीमा विशेष प्रकारको प्रतिरक्षाले रहन सक्छ”–प्रतिवेदनमा उल्लेख गरिएको छ । विशेष प्रकारको प्रतिरक्षा भन्नाले संक्रमण प्रणाली भाइरल आक्रमणको प्रभाव रहने क्षेत्रसम्म पुग्न नसकिने बुझिन्छ ।
यो कुनै स्तब्ध बनाउने निचोड हैन । थुप्रै भाइरस प्रजनन पथमा बस्न सक्छन् । इबोला र जिका भाइरस पनि पुरुषको वीर्यमा फेला परेको थियो । कहिलेकाहीँ निको भएको महिनौँपछि पुरुषको वीर्यमा भाइरस फेला पर्न सक्छन् ।
कोरोनाभाइरसको संक्रमण शारीरिक सम्पर्क वा यौनाङ्गबाट फैलन सकिनेबारे अझै स्पष्ट हुन सकेको छैन । भाइरस रहेको प्रमाण पाइनुको अर्थ मानिसले अनिवार्य नै संक्रमण सारेको भन्न सकिने अवस्था रहन्न ।
चिकित्सकको समूहले आगामी अध्ययनबाट सार्स–कोभ–२ शारीरिक सम्पर्कबाट पनि सर्ने पत्ता लागे कोभिड–१९ को संक्रमण उन्मूलन गर्न कठीन हुने उल्लेख गरेको छ । यस्ता बिरामीमा कण्डमको प्रयोग मात्रैले संक्रमण रोक्न सक्नेछ । तर प्राणघातक रुपमा विकसित हुनुअघि राम्ररी र यस प्रकारको संक्रमणको सम्भावनाबारे यथेष्ट अध्ययन हुनुपर्छ । त्यसैले संक्रमितको रयाल र रगतको सम्पर्कबाट टाढा बस्नु मात्रै पर्याप्त हुन्न ।
(सीएनएनका लागि मैगि फोक्सले तयार गर्नुभएको रिपोर्टको अनुवादित अंश साभार)

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑