काठमाडौं /आज सोमबार उपत्यकामा ५ जनामा कोरोना संक्रमित पुष्टि भएको बताइएको छ ।
स्वास्थ्य व जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४ जना र ललितपुरका एक जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ । उसले कुन ठाउँका व्यक्ति हुन् भन्ने बारे नखुलाए पनि काठमाडौंका दुई महिला र दुई पुरुष तथा ललितपुरका एक महिलामा संक्रमण देखिएको भनेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय स्रोतका अनुसार कोरोना संक्रमित ४० वर्षिय ललितपुरका महिला हरिसिद्धिकी स्थायी वासिन्दा हुन् । उनी कुवेतबाट फर्केर सिधै क्वारेण्ताइनमा बसेका र कुनैपनि व्यक्तिको सम्पर्कमा नआएका व्यक्ति भएको हरिसिद्धिका एक स्थानीयले जानकारी दिएको छ ।
यी महिलालाई ज्वरो आई पाटन अस्पताल लगिएको र पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको जनस्वास्थ्य स्रोतले जनाएको छ । उनीलाई कोभिड वार्डमा भर्ना गराइएको छ ।लक डाउन खुकुलो गर्नासाथ काठमाडौंमा बाहिरबाट प्रवेश गर्नेहरू ह्वात्तै बढेको छ भने यससँगै संक्रमित पनि एकैदिनमा ५ जना पुष्टि भएको अवस्थामा सबै उपत्यकाबासी सचेत हुनुपर्ने विज्ञहरुले सल्लाह दिएको छ । तर लकडाउन खुकुलो भएसँगै प्राय: सबै ठाँउमा भीड देखिनु चिन्ताको विषय बनेको ऊनीहरुको भनाइ छ । थप टेस्ट, ट्रेेेेेसिङ गर्नुपर्ने पनि उनीहरूले बताएका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५