• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

याङ्कीका सैतानहरू


सुभाय् संवाददाता June 15, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

दीपक विश्वकर्मा
बहादुर उत्तर कोरिया
र स्वाभिमानी इरानलाई
याङ्कीले भन्ने गर्दछ सैतानको देश
किनकि
उनीहरू लडिरहेका छन्
उसको प्रभुत्वको बर्खिलाप ।
याङ्कीकोे नाकै तलको
एक बहादुर देश
जो लडिरहेको छ
आधा शताब्दीदेखि
र खसाली रहेको छ
याङ्कीका पखेटाका प्वाँखहरू
क्युवा बहादुर छ
स्वाभिमानी छ
उसले साम्राज्यवादको विरोध गर्दछ
त्यसैले ऊ सैतानहरूको देश हो ।
बोलिभिया
वर्षौदेखि लडिरहेको छ
अमेरिकी चीलको विरुद्ध
खसाली रहेको छ
त्यसका पखेटाहरू
रक्षा गरेको छ देशको अस्मिता
सोही कारणले
बहादुर बोलिभियालीहरू सैतान हुन् ।
चीन आधा सैतानी मुलुक हो
अमेरिकाको लागि
संसारका हर स्वाभिमानी जनताहरू सैतान हुन्
वीर भियतनामीहरू सैतान हुन्
किनकि
अमेरिकी बम, बारुदको प्रबाह नगरी
उसका कथित बहादुर जल्लादहरुलाई
धुलो चटाएका हुन् ।
जापान अतिप्रीय मुलुक हो
अमेरिकाको लागि
किनकि
फुसा टापुका निरिह चेलीहरुउपर
उसका जल्लाद सैनिकहरु
भोग गर्न पाइरहेका छन् आधा शताब्दीदेखि
अफगानका पबित्र स्थलहरुमा
परेड खेलिरहेका छन्
याङ्कीहरू र रित्याइरहेका छन्
विशाल तेलका कुवाहरू
अणुबमको हौवा फैलाएर
सद्धामको बेविलोनको सुन्दर बगैचा
चिलको नग्रामुनी दबिनुभन्दा पहिले
इराक सैतानीको देश थियो
किनकि त्यहाँ अटल योद्धा सद्दाम थियो
दक्षिण कोरिया अतिप्रीय देश हो
याङ्कीको लागि
किनकि उसका अनगिन्ती तोपहरु
नरसंहारको घडी पर्खेर
उसका समुन्द्रमा तैनाथ हुन पाएका छन् ।
आज,
लेन्डुपेहरू लागिरहेका छन्
मुलुक सुम्पिन याङ्कीलाई
हाम्रा यी हराभरा पाखापखेराहरूमा
परेड खेल्ने निम्ता दिइरहेका छन्
उसका जल्लादहरूलाई
समृद्धि, विकास र उन्नतीको नाममा
यसैले पनि
हर नेपालीहरू सैतान बन्नुपर्ने भयो अब
उसका नापाक इरादाहरूलाई ध्वस्त पार्न
पुनः एकपटक गल्ली, कुनाकाप्चाहरूबाट
मार्चपास शुरु गर्नु पर्ने भयो
सहयोद्धा मित्रहरू !
म आफै सैतान बन्दै छु
मलाई साथ दिनुस् ।
२०७७ असार १
बुटवल ।

सम्बन्धित पोस्ट
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑