काठमाडौं उपत्यका प्रवेशको निम्ति स्थानीय तहको स्वीकृति अनिवार्य
जोर बिजोर प्रणाली अनुसार यातायात चलाउन सकिने
भित्री जिल्लाका लागि सवारी पास बन्द
काठमाडौं / सरकारले लकडाउनको मोडालिटी परिवर्तनसँगै काठमाडौं उपत्यका प्रवेश तथा प्रस्थानका लागि झन् कडाइ गरिने भएको छ । उपत्यकाभित्र भने जोर बिजोर प्रणाली अनुसार गाडी संचालन गर्न सकिने वयवस्था गरिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यलयले आइतवार एक सूचना जारी गर्दै अब उपत्यका प्रवेशको निम्ति स्थानीय तहको स्वीकृति अनिवार्य गरिएको उल्लेख गरेको छ । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत मान बहादुर बुढाका अनुसार उपत्यकाको कुन नगरपालिकामा बस्ने हो त्यस नगरपालिकाले प्रवेशका निम्ति दिइने अनुमति पत्र सहित यात्रा सुरु गरिने जिल्ला प्रशासन कार्यालयको निवेदन जरुरी हुनेछ ।
त्यसैगरी कुनै कारणबस जरुरी कामले उपत्यका बाहिर जानू परेको अवस्थामा के प्रयोजनको लागि जाने हो त्यसको विवरण सहित जिल्ला प्रशासन कार्यालयमा जानुपर्ने कागजात सहित निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । सरकारी वा संस्थागत काममा बाहिर जानुपरे सम्बन्धित संस्थाको सिफारिशपत्र सहित जिल्ला प्रशासनमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।
उपत्यका भित्र जोर बिजोर प्रणाली लागू भइसकेको अवस्थामा यहीँ भित्रका जिल्लाका निम्ति पासको व्यवस्था अहिलेको लागि बन्द गरिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५