इजरायल / राष्ट्रिय नेवा: खल: इजरायलको नवौ अधिबेशनले बिमला श्रेष्ठलाई निर्विरोध रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको छ।
विश्वमाफैलिएको कोरोना महामारीका कारण लकडाउनको अवस्थामा एकै ठाँउमा भेला भइ सभा सम्मेलन गर्न नसकिने विषम परिस्थितिमा नेपाल सम्बत ११४० तछ्ला २० (१० जुन २०२०)का दिन बेलुका जुम अनलाइनमार्फत उक्त अधिवेशन गरिएको थियो । यसरी अनलाइन मार्फत अधिवेशन गरिएको यो नेेेवा: खल:कै इतिहासमा पहिलोपटक हुन सक्छ ।
अधिवेशन नेवा: खल: इजरायलका निवर्तमान अध्यक्ष मनु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेफिन इजरायलका अध्यक्ष श्री तारा काउचा मगर , बिशेष अतिथिहरुका रूपमा नेवा: देय् दबूका केन्द्रिय अध्यक्ष भाजु नरेश कुमार ताम्रकार तथा हलिं नेवा: दबू( World Newah Organization) का केन्द्रिय अध्यक्ष सीजन श्रेष्ठले सहभागिता जनाएका थिए । त्यसैग़री नेपालका बिभिन्न नेवा: खल:, पुच:का अध्यक्षहरु, इजरायलका राष्ट्रीय समुदाय संस्थाका अध्यक्षहरु, बिभिन्न राजनैतिक संघ /संस्थाका बैदेशिक अध्यक्षहरु अतिथिका रुपमा सहभागी भएका थिए । कार्यक्रममा इजरायलबासी नेवा: समुदायको सहभागीता रहेको थियो ।
नेवा: खल: इजरायलका सचिव स्वष्तिका श्रेष्ठले स्वागत मन्तब्य मन्तब्य राखे अगाडि बढाइएको कार्यक्रममा प्रमुख अतिथि तारा काउचा मगर , बिशेष अतिथिहरु नरेश कुमार ताम्रकार तथा सीजन श्रेष्ठले शुुुभकामना सन्देश दिएका थिए । त्यसैगरी विभिन्न संघ /सस्थाका अध्यक्षहरुले शुभकामना मन्तब्य राखेका थिए ।
अन्तमा नव निर्वाचित पदाधिकारीहरुले नेवार भाषामा सपथ ग्रहण गरेका थिए।
नेवा: खल: इजरायल नेपाल सम्बत ११४० /४१ ( २०२०/ २१) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यअरुको नामावली यसप्रकार रहेको छ :
संरक्षकहरु:-
पुष्प श्रेष्ठ
नरेश कुमार श्रेष्ठ
रेखा श्रेष्ठ
राजेन्द्र श्रेष्ठ
कादंबरी दाना श्रेष्ठ
प्रमुख सल्लाहकार
मनु श्रेष्ठ
सल्लाहकारहरु
सुनीता श्रेष्ठ
उषा श्रेष्ठ
लक्ष्मी बहादुर श्रेष्ठ
अध्यक्ष :- बिमला श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष :- स्वस्तिका श्रेष्ठ
प्रथम उपाध्यक्ष :- शंकर श्रेष्ठ
द्वितीय उपाध्यक्ष :- राम प्रधान
तृतीय उपाध्यक्ष :- कुसुम श्रेष्ठ
महासचिब :- राजकुमारी श्रेष्ठ
सचिब :- ज्योती प्रधान
कोषाध्यक्ष:- टंक श्रेष्ठ
सह-कोषाध्यक्ष :- अमीरा थापा श्रेष्ठ
कार्यकारिणी सदस्यहरु
शान्ता श्रेष्ठ
माया श्रेष्ठ
राजु श्रेष्ठ
कटक श्रेष्ठ
बाबुकाजी श्रेष्ठ
राधा प्रधान
प्रबीन श्रेष्ठ
दुर्गा श्रेष्ठ
गंगा उदास
दीपेन श्रेष्ठ
साधारण सदस्यहरु
लाली श्रेष्ठ
शोभा श्रेष्ठ
भीमा श्रेष्ठ
ममता प्रधान
प्रकाश श्रेष्ठ
अरुणा श्रेष्ठ
ललिता श्रेष्ठ
सुलचना दुवाल
रंजना ताम्रकार
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५