• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

युवा आक्रोसभित्र : लुकेको मनोबिज्ञान


सुभाय् संवाददाताJune 13, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोपाल ढकाल
एक जना सोसियल मिडियाका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युवाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सोसियल मेडियामा लेखेछन् ,” सरकारलाई दबाब दिनु पर्‍यो। सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन। सडकमा जानुपर्छ को को तयार हुनुहुन्छ ?”
लामो लकडाउनबाट निराश , छट्पटीमा परेका र घरभित्रै बस्न बाध्य किशोर किशोरी तथा युवायुवतीलाई घरबाट बाहिर निस्कने , आफ्नो नैराश्यता , असंतुष्टि पोख्ने , युवा स्वभाव अनुसार क्रान्तिकारीपन देखाउने , सामाजिक कार्य गरेको पनि देखिने र रमाइलो पनि हुने जस्ता कुराले उत्प्रेरित गर्‍‍‍यो । कोरोनाको संक्रमणलाई समेत भुलेर घेरै युवा सडकमा आउन राजि भए । सोसियल मिडियाको पहुँचमा भएका युवामाझ यो संदेश फैलिन समय लागेन ।
पहिलो पटक उनीहरुले बालुवाटार अगाडि सरकारका सामु आफ्नो असंतुष्टी पोखे ।
त्यस कार्यक्रमले सबैतिर चर्चा पायो । निराश जनताले उनीहरुको कार्यको समर्थन गरे । सरकारको बिरोध र टिक्काटिप्पणी बढेर गयो । यसले उनीहरुलाई थप हौसला मिल्यो । यसैको सिको गर्दै देशका अन्य भागमा पनि बिरोध भए ।
अर्को पटकको बिरोधमा त सामाजिक दुरिको पनि ख्याल नगरी ठूलो भिड सडकमा आयो। कोरोनाको संक्रमण फैलिएला कि भन्ने भय पनि बढ्यो ।
संसारभरि नै सरकार र जनताबिच हक र अघिकारका बिषयलाई लिएर सधैंजसो टसल परिरहेको हुन्छ। राज्यले सामान्य अवस्थामा त जनतालाइ संतुष्ट बनाउन सकेको हुंँदैन। विपत्तिको अवस्थामा त झन कठिनै हुन्छ ।
अहिले धेरैलाई बेरोजगार हुने, रोगजारी गुम्ने चिन्ताले सताएको छ । मानिसले आफुलाई असुरक्षित महसुस गरिरहेका छन्। यस्तो अबस्थामा  मानिसमा चिरचिराहट , रिस , उत्तेजना, आक्रोश , राज्य र सरकारप्रति असंतुष्टि , बिरोध भावना बढेर जान्छ । ब्यक्तिले कहिलेकाहीँ उदण्ड व्यवहार देखाउने, हल्ला फैलाउने, अरुको बहकावमा लाग्ने, अरूलाई दोष दिने ,एकअर्कालाई आरोप प्रत्यारोप गर्ने जस्ता व्यवहार पनि देखाउन सक्छ ।
यस्ता व्यवहार देखाए आफ्नो डर , त्रास , नैरास्यता छोप्ने प्रयासमा लाग्छ । यस्तो विषम परिस्थितिमा मान्छेको निर्णय लिने क्षमता पनि कमजोर भएको हुन्छ । के गर्ने के नगर्ने सोच्नै सकिरहेको हुदैन । बिपत र दुखको अबस्थामा नै मान्छेले अरुबेला भन्दा बढी माया र सहानुभूति खोज्ने गर्दछ।
जनताले राज्यबाट पनि अझ बढि साथ सहयोगको आशा गर्दछ।
अफ्ठ्यारो अवस्था र अभावमा जनता चांँडो भड्किन्छन् । उनीहरुलाई भडकाउन सजिलो हुन्छ । उनीहरुको भावनामाथि खेल्नेहरुका लागि त ठूलो अवसर नै हुन्छ।
संकटको बेलाको मानिसको मनोविज्ञानलाई बुझेर राज्य पनि संयमित हुनु जरुरी हुन्छ । आफ्नो तर्फबाट सक्दो जनताको मागलाई सम्बोधन गर्ने पहल गर्नुपर्छ । जनतालाई आस्वस्त गराउन सक्नु पर्छ। भविस्यप्रति ढुक्क र आशावादी बनाउने काम,राज्यले गर्नुपर्छ ।

कुरा सत्य हो कि अहिले बिश्वनै कोरोनाको संक्रमणले ठुलो मारमा परेको छ । कतिपय बिषयमा हाम्रो समस्यहरु अझै ठूलो हुनसक्छ । सरकारले गरेका थुप्रै काममा हाम्रो बिमति होला। हामी असंतुष्ट हुन सक्छौ । सरकारका पनि आफ्नै खालमा कमी कमजोरी र बाध्यताहरु होलान । यी सबैका बावजुत पनि अहिलेको परिस्थितिलाई राजनीतिक करण गरिनु हुदैन। सरकारका कमि कमजोरीहरुलाई केलाएर मात्र बस्नु हुदैन । साथ र सहयोग पनि गर्नुपर्छ । बिपतिसँग सबै मिलेर सामान गर्ने हो भने मात्र सफल भईन्छ ।

कतिपय अबस्थामा बिरोधले मात्र समस्याको समाधान नहुन सक्छ। बिरोधको शैली र समय पनि अनुकुल हुनुपर्छ । अहिलेको अबस्थामा सडकमा राखिएका मागहरुलाई सबैले स्विकार्ने गरेका छन्। भोको मान्छेको आगामी मीठो ब्यन्जनको कुरा गर्दा कसको मुख नरसाउला र ? तर कोरोनाको संक्रमण तिब्र रुपमा बढिरहेको बेला गरिएको बिरोध प्रर्दशनको तरिका र समयलाई भने उपयुक्त मान्न सकिंदैन ।
स्वस्फूर्त निस्केका भनिएका यस्ता आन्दोलनहरु सहि दिशानिर्देश नपाउंँदा खतरनाक पनि हुनसक्छन । नैतिक जिम्मेवारी कसले लिने भन्ने दुबिधा हुन्छ । नेतृत्वबिनाको जमात हुनाले चांँडै भडकिन सक्ने खतरा पनि त्यतिनै हुन्छ । यसमा जो सुकैले सजिलोसँग घुसपैठ गर्न सक्ने ठाउँ पाउंँछ। युवाहरुको अस्तिको आन्दोलनमा पनि घुसपैठ भएको उनीहरुले बताएका छन् । घुसपैठले नै पछिल्लो पटकको बिरोध अमर्यादित भएको देखिन्छ।
भिडको मनोबिज्ञान फरक हुन्छ । भिडको आँखा हुंँदैन । भिडले विवेक गुमाउन सक्छ । भनिन्छ नि भिडभाडमा जिउ जोगाउनु । अनिकालमा बिऊ जोगाउनु । भिडले ज्यान दिन पनि सक्छ । ज्यान लिन पनि सक्छ । पश्चिम रुकुमको दुखद घटनामा छ जना किशोरहरुको ज्यान गयो । यो सबै भिडकै मनोबैज्ञानको परिणाम हो । अहिलेको विभिन्न ठाउँहरमा स्वस्फर्त रुपमा गरिएको भनिएका बिरोधका कार्यक्रमले पछि गएर कस्तो रुप लिन्छ कसैलाई थाहा छैन । यस्ता अपरिपक्व र योजना बिहिन बिरोध कार्यक्रमले पछि गएर दुखद मोड नलेला भन्न सकिँदैन । यसमा सबै सचेत हुन जरुरी देखिन्छ ।
अहिलेको बिरोध प्रर्दशनलाई हेर्दा पनि किशोर किशोरीमा उत्ताउलोपन उनीहरुले लेखेको नारामा देखिन्छ। धेरैजना लहै लहैमा लागेर आएको हुन सक्छ । उनीहरुले बेकेको प्लोकाडमा पनि लेखिएछ ” म त राम्री केटी हेर्न आको” ।
भिडले के बुझ्छ , के गर्छ थाहा हुदैन । तर भिड जम्मा हुन समय नलाग्न सक्छ। अस्तिको बिरोध प्रर्दशनमा पनि यति धेरै जम्मा होला भन्ने कुरा स्वंय प्रर्दशनको आव्हान गर्नेहरुलाई पनि अनुमान गरेका थिएनन्। यसलाई देखेर उनीहरु आफै चकित परिरहेकाछन । तर अप्रत्यक्ष रुपमा केही पाटीले सघाई रहेको स्पष्ट देखिन्छ । जुन कुराको ज्ञान उनीहरुलाई थाहा नहुन पनि सक्छ । बिरोधमा उत्रिएका प्रर्दशनकारीहरुमा राजनीतिको ज्ञान कमै देखिन्छ। नेता र राजनिति दलहरुलाई भिडको स्वभावैले लोभ लाग्छ । प्रर्दशनमा ठूलो मास देखेपछि जनताको आवाज भन्दै केही दलहरुले बिज्ञप्ती निकालेर नै समर्थन गरे । प्रर्दशनको नेतुत्व गरेका कतिपय युबाहरुलाई आफ्नो पाटीमा आउनका लागि निम्ति पनि पठाउन भ्याईसके । जुन कुरा स्वंय युबाहरुले बताई सकेकाछन । पाटीहरु यस अान्दोलनलाई आफ्नो बनाउन खोजि पनि रहेकाछन । तर अहिले समय उचित नदेखेर चुप लाग्न बाध्य भएछन । कोरोना महामारीको बेला खुलेरै पाटीको झण्डा बोकेर सडकमा आउदा नैतिक रुपमा पनि अफ्ट्यारो पर्ने , जनतामा पनि नकारात्मक संदेश जाने भएकाले उनीहरु चुप लाग्न बाध्य भएकाहुन । अन्यथा यसले पाटीगत रुप लिई सकेको हुने थियो । तर पनि यस परिस्थिति बिपरितको बिरोधलाई देखाएर सरकारको आलोचना गर्न छोडेका छैनन।
अहिलेको अफ्ट्यारो अबस्थामा सबैले आफुलाई समाल्नु , संयमित हुनु , मिलेर समस्याको समाधान खोज्नु उपयुक्त हुन्छ । अरुलाई भड्काउने , अर्काको भावनामाथि खेलबाड गर्ने कार्यले कसैको हित हुंँदैन ।
( लेखक मनोविद् हुन । मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन ।)

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑