कालीकोट / नरहरिनाथ गाउँपालिकाले मान्मामा सञ्चालन गरेको क्वरेण्टीनमा बसेर घर फर्किएका एक जनाको मृत्यु भएको छ । घर फर्किने क्रममा नरहरीनाथ १ का ६० वर्षीय पुरुषको लालीघाटमा मृत्यु भएको डीएसपी श्यामबाबु ओलीयाले बताए ।
भारतबाट फर्किएका उनको मङ्गलबार मान्मामा आरडीटी जाँच गरिएको थियो । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि बुधबार उनलाई घर पठाइएको थियो । बिहिबार बेलुकी लालीघाटमा बसेका उनको शुक्रबार लालीघाटमा मृत्यु भएको हो ।
मृतकको स्वाब लिन स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ गएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताए । मृतक पुरुष दमको रोगी रहेको बताइएको छ ।
त्यहाँ बुधबार आरडीटी नेगेटिभ आएका ६८ जनालाई घर पठाइएको थियो ।
यसैबीच आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा चारबजे सम्मको अध्यावधिमा आज ४४८ थप संक्रमित भएको तथा कूल ५०६२ जना सं पुगेको बताएको छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५