काठमाडौं/ वर्ल्ड नेवाः अर्गनाइजेसन (हलिं नेवा: दबू) केन्द्र बाल्टिमोरले आमाघरलाई एक हजार अमेरिकी डलर अर्थात् १ लाख २० हजार रुपियाँको आर्थिक सहयोग हस्तान्तरण गर्यो । दिलशोभा श्रेष्ठद्वारा संचालन गर्दै आएको असहाय ज्येष्ठ नागरिकको हेरविचार गर्ने संस्था आमाघरलाई आइतबार यसरी सहयोग प्रदान गरिएको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण आमाघर संचालनमा समस्या आएको बेला वर्ल्ड नेवाः अर्गनाइजेसनबाट यसरी सहयोग गरेको हो ।
अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष सिजन श्रेष्ठको पहलमा अमेरीकाबाट पठाइएको आर्थिक सहयोग अर्गनाइजेसनको नेपाल च्याप्टरका प्रतिनिधिहरुले आमाघरकी संचालक दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। आमा घरको लागि दाता अमेरिका मेरिल्यान्डमा बसिरहेका सुमन कुमार सिंह (सुमन नेवाः)ले उक्त सहयोग रकम प्रदान गर्नुभएको थियो । आइतबार नेपाल कन्ट्री च्याप्टरले आमाघरका आमा दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरेको थियो।
आमाघर रवि भवनमा भएको सामान्य कार्ययक्रममा वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेन,सचिव महर्जन रत्न, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ सह-कोषाध्यक्ष सुदय सिलाकारले आमाघरकी संचालक श्रेष्ठलाई सो नगद हस्तान्तरण गरेका थिए । आमाघरकी संचालक समाजसेवी दिलशोभा श्रेष्ठले सहयोग राशि बुुुुझेपछि अर्गनाइजेसन र दाता सुमन नेवाःप्रति कृतज्ञता व्यक्त गरे ।
वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल कन्ट्री च्याप्टर अध्यक्ष शाक्य सुरेनले आफूहरू रकम हस्तान्तरणको माध्यममात्र बनेको र दाता र रकमको संकलन केन्द्रले गरेको बताउँदै नेपाल च्याप्टर नेवा: हक हितका साथै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको बताए । उनले गत महाभूकम्पका बेला पनि यस संस्थाले धेरै ठाँउमा सहयोग गरिसकेको बताए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५