काठमाडौँ / काठमाडौंमा आज मंगलबार थप ४ तथा भक्तपुरमा थप १ तथा उपत्यका नजिकैको काठमाडौंसँग सीमा जोडिएको जिल्ला धादिङमा २३ नयाँ संक्रमित पुष्टि भएको छ ।काठमाडौंका संक्रमितहरु स्वास्थ्यकर्मी भएको र उनीहरू काठमाडौं मेडिकल कलेज (के एम सी) सिनामंगलमा कार्यरत रहेको बताइएको छ । उनीहरू २८ देखि ३२ वर्ष उमेरका रहेको पनि थाहा भएको छ ।
आज नेपालभर थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटमा ७४, स्याङ्जामा १०, सप्तरीमा १, बर्दियामा ३, बाँकेमा १७, सुर्खेतमा २७, दैलेखमा ९, सल्यानमा १८, अछाममा १०, बारामा १, दाङमा १७, प्युठानमा १, कञ्चनपुरमा ८, कैलालीमा १०, धनुषामा ६,महोत्तरीमा २, सर्लाहीमा २१,सिराहामा १७, कपिलवस्तुमा १६, नवलपरासीमा २, नुवाकोटमा २ र रुपन्देहीमा १० जना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २०९९ पुगेको छ। तीमध्ये १९४९ जना पुरुष र १५० जना महिला रहेका छन्।
यस्तै अहिलेसम्म कोरोना भाइरसबाट ६१ जिल्ला प्रभावित भएका छन्।
काठमाडौंमा स्वास्थ्यकर्मी पनि संक्रमित हुनुलाई गम्भीरतापूर्वक लिइएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५