कालीमाटी क्षेत्रका २२२ जना प्रहरीको रिपोर्ट नेगेटिभ
सुभाय् संवाददाताMay 30, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
काठमाडौँ /कालीमाटी प्रहरी वृत्तमा कार्यरत दुईजना प्रहरीलाई कोरोना भाइरसको संक्रमण देखिए पनि उक्त वृत्तका अरु २२२ जना प्रहरीको रिपोर्ट नेगेटिभ आएको छ ।दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै कालीमाटी वृत्तका सबै प्रहरी तथा सम्पर्कमा रहेका अन्य व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको थियो ।ती प्रहरीको सम्पर्कमा आएका सबै २३१ जनाको पीसीआर परीक्षण गरिएको थियो । ती मध्ये २२२ जनाको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको र ९ जनाको रिपोर्ट आउन बाँकी रहेको वृत्तले जानकारी दिएकाे छ ।