काठमाडौँ/नेपालमा थप ९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय १६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा मकवानपुर हेटौँडा–३ की ५३ वर्षीया महिला र भक्तपुरकी ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ।
यस्तै वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा भएको परीक्षणमा बाराको सिमरनगड नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५