• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

मुस्कुराउँदै घर हिँडे कोरोना विजेताहरु


सुभाय् संवाददाताMay 22, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपालगञ्ज / बैशाख १९ गते एकाएक नेपालगञ्ज तरंगित भयो । भुइँचालोमा घर हल्लिएको जसरी यहाँका बासिन्दाको मन हल्लियो ।विश्वमै आतंक मच्याएको कोरोनाका संक्रमित भेटिएपछि नेपालगञ्जमा तरंग आउनु स्वभाविक नै थियो । ६० वर्षीय पुरुषमा कोरोना देखिँदा नेपालगञ्ज मात्रै हो र ? छिमेकीहरु पनि हल्लिए ।संक्रमितलाई आइसोलेसनमा लगियो । रातारात उनको भेटघाट, आवतजावत ‘ट्रेसिङ’ गरियो । उनको भेटघाट, आवतजावत नेपालगञ्जको वडा नं. ८ जोलाहनपुरुवामा हुने रहेछ । त्यहाँका ९० जनाको ‘ट्रेसिङ’ भयो । फटाफट स्याम्पल लिएर जाँच्दा २२ जना कोरोना संक्रमित पुष्टि भयो ।त्यसपछि अरुको ‘ट्रेसिङ’ गर्दा एकजना थपिए । टाँगा स्टेशनमा स्वाव लिएका अर्का पनि कोरोनाको भीडमा मिसिए । नेपालगञ्जका सबै २५ जनालाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा लगियो । शुरुमा जान नमानेका उनीहरु समाजका अगुवाले सम्झाएपछि गएका थिए । कोही २२ दिन त कोही २१ दिन खजुरामा बसे ।
खजुरामा जाँदा रिसाएका उनीहरुको अनुहारमा आज घर फर्किँदा मुस्कान देखिएको छ । युद्ध जितेको सिपाही जसरी हँसिलो, चम्किलो अनुहार र खुशीले गदगद भएका छन् । नहोस् पनि किन, जसले कोरोनालाई जितेर घर फर्किएका छन् ।शुरुमा कोरोना देखिएका ६० वर्षीय र पछि कोरोना देखिएका २० जना गरी २१ जना घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनीहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा रहन सुझाव दिइएको छ ।६० वर्षीयलाई चार पटक टेष्ट गरियो । शुरुमा पोजिटिभ देखिए । सात दिन पछि पनि पोजिटिभ देखिए । १४ दिनमा जाँच्दा नेगेटिभ रिपोर्ट आयो । त्यसको २४ घण्टापछि जाँच्दा फेरि नेगेटिभ रिपोर्ट आयो । त्यसरी अरु २० जनाको तीन पटक टेष्ट भयो । शुरुमा पोजिटिभ देखिएका उनीहरुको सात दिन पछिको रिपोर्ट नेगेटिभ आयो ।त्यसको २४ घण्टापछि जाँच्दा फेरि नेगेटिभ रिपोर्ट आयो । फोकलपर्सन श्रेष्ठका अनुसार, लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएमा कोरोना निको भएको मानिन्छ । र, घरमा पठाइन्छ ।बाँकेमा एक सय एक जनामा कोरोना देखिएको छ । त्यसमध्येमा एकजनाको मृत्यु भइसकेको छ । सय जना विभिन्न आइसोलेसन अस्पताल र सेन्टरमा छन् । अझ क्वारेन्टाइनमा ठूलो संख्या छ । उनीहरुको जाँच भइसकेको छैन ।                                                                       २१ जनाले कोरोना जितेर फर्किँदा नेपालगञ्जमात्रै होइन, देशले नै खुशी मनाएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोरोना जितेका २१ जनालाई फूलमाला, खादा ओढाएर बिदाई गरेको बताए ।
source:deshsanchar

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑