काठमाडौँ / चार जना संक्रमित संक्रमणमुक्त भइ अस्पतालबाट आज बिहीबार डिस्चार्ज भएका छ्न् । काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरसका संक्रमित यसरी संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन् ।
उनीहरुलाई नौ दिनको अस्पताल बसाइपछि उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।
हालसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ भने कोरोना संक्रमणका कारण अहिलेसम्म ३ जनाको निधन भएको छ । त्यसैगरी ४५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५