धरान/ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुति वार्डलाई सिल गरिएको छ ।
जिल्ला अस्पताल धनकुटाका कोरोना संक्रमित नर्सले रिफर गरेका एक सुत्केरी विरामी प्रसुति वार्डमा भर्ना भएको पत्ता लागेपछि सो वार्ड सिल गरिएको बताइएको छ । विभागका प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीका अनुसार धनकुटाको जिल्ला अस्पतालबााट दुुई ज्वरोका बिरामी महिला आएका थिए । तीमध्ये एकलाई संंक्रमित नर्सले वीपीमा रिफर गरेका थिए भने तिनले शुक्रबार वीपीको गाइनो वार्डमा भर्ना भएका थिए। दुई साताअघि तिनको अप्रेशन गरी जिल्ला अस्पताल धनकुुुटामा बच्चा जन्म दिइएको थियो ।पछि डिस्चार्ज भएर घर गएका सुत्केरी इन्फेक्सन भएपछि पुनः अस्पताल आएकी थिइन् । उनलाई कोरोना संक्रमण भएको नर्सले नै धरान रिफर गरेको पाइएको छ ।
डा.रेग्मीका अनुसार ती महिलालाई आइसोलेशनमा राखिएको छ । साथै, ती महिलाको पिसिआर रिपोर्ट नआएसम्म नयाँ विरामी भर्ना गर्न रोक लगाइएको छ भने वार्डमा भएका महिलाहरुलाई डिस्चार्ज पनि दिइनेछैन । ‘
“धनकुटामा ज्वरोका दुई बिरामीमध्ये एकजना यहाँ रिफर भएको रहेछ, उनलाई संक्रमित स्वास्थ्यकर्मीले नै रिफर गरेको खुलेकोले यो निर्णय लिइएको हो,” डा.रेग्मीले भने, ‘रिपोर्ट नआएसम्म नयाँ विरामी भर्ना लिदैनौं, र डिस्चार्ज पनि गर्दैनौं ।’
(क्लिक धरानको सहयोगमा )
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५