काठमाडौं / काठमाडौं उपत्यका कडा लक डाउनको बीच रहेको बेला व्यापारीक केन्द्र न्युरोडमा ठूलो आगलागी भएको छ ।
काठमाडौं महानगर पालिका वडा नं २२ प्युखामा अवस्थित
राजेन्द्र महर्जनको घरमा हिजो जेठ ४ गते आइतबार यसरी आगलागी भएको हो । नजिकैको बिजुलीको पोलबाट गएको करेन्टको तार सट भई आगलागी भएको बताइएको छ । आगलागीका कारण त्यहाँ लाखौंको सामानसहितको क्षति भएको छ । धेरै स्पोर्ट्सका सामानहरु तथा रेडिमेडका सामानहरु क्षति भएको छ। “लाखौंको सामानहरु जलेर नष्ट भएका छन् , पूरा विवरण आएको छैन ।” त्यहाँ उपस्थित कामपा २५ वडाका सदस्य विनोद तुलाधरले बताए ।
आगलागी नियन्त्रण गर्न नजिकै रहेको जुद्ध वारुणयन्त्रको टोलिले ठूलो मेहनत गर्नु परेको थियो । कामपा २२ वडाका अध्यक्ष चिनिकाजी महर्जन पनि आगलागी नियन्त्रणमा समन्वय गर्न त्यहाँ पुगेका थिए । घट्ना भएको क्षेत्रमा महानगरीय प्रहरी बृतका डिएसपी सुनिल जंग शाह,रणभैरब गणका सेना पनि सक्रिय भएका थिए ।
स्थानीय जन समुदायको समेत सहयोगमा आगलागि नियन्त्रणमा लिइएको थियो ।
फोटो : विनोद तुलाधर
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५