बिन्दु कुमार चौहान,सु्भाय् पोस्ट संवादाता लुम्बिनी
लुम्बिनी २ जेठ । भगवान गौतम बुद्धजन्म स्थल लुम्बिनीजस्तो महत्त्वपूर्ण क्षेत्रमा कोरोना भाईरस ( कोभिड १९ ) रोकथाम तथा नियन्त्रणका लागि खोलिएका क्वारेनटाईनमा सेवाग्रहीहरुको पाएको पीडाको समाचारले प्रभाव देखाएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्वारेनटाईनको बेथिती समाचार पढने बित्तिकै मेयर मनमोहन चौधरीले ब्यवस्थापनका लागि प्रशासकीय अधिकृत शिवरेग्मीलाई साथमा लिएर क्वारेनटाईन धाउँदै कडा निर्देशन जारी गरेका छन् ।
लुम्बिनी मेयर चौधरीले क्वारेनटाईनको बेथितीप्रति सम्वेदनशील भई २४ सै घण्टा क्वारेटाईनमा चार जनाको दरले स्वयंसेवक खटाउनुका साथै स्वास्थ्यकर्मीहरुलाई क्वारेनटाईन छाडे कार्यवाही गर्न पनि निर्देशन जारी गरे ।
उनले लुम्बिनी सांस्कृतिक नगरपालिका भर २१ ठाँउमा खोलिएका क्वारेनटाईन समायोजन गरि सेवाग्रहीहरुलाई खान,बस्न ,सुत्न ,मच्छडदानी ( झूल ) बिजुलीबत्ती,खानेपानीको ब्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्वारेनटाईन ब्यवस्थापनमा सेवाग्रहीहरुप्रति लापर्वाही देखिए सम्बन्धित फाँटका कर्मचारीहरुलाई नियम बमोजिम कार्वाही गर्ने प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने ।स्मरणीय छ ,लुम्बिनी साँस्कृतिक नगरपालिका भरिका २१ वटा क्वारेनटाईनमा पाँचसय नौजना सेवाग्रहीहरु कष्टकर रुपमा बसिरहेको खबर केही दिन अगाडि सुभाय् पोस्टमा पनि प्रकाशन गरेका थियौं ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५