काठमाडौं / कोरोनाका कारण पहिलो मृत्यु भयो धुलिखेल अस्पतालमा तर त्यहाँको अस्पतालको एम्बुलेन्सले समेत त्यो लास उठाउने हिम्मत गरेन । भक्तपुरका अरूण सैंजुलगायतको टोलीले त्यस लासलाई उठाइ आर्यघाट पुर्याइ दियो । उनको टाेली काेराेना विरूद्ध अभियानमा २ महिनादेखि लागिरहेकाे छ । याे सरकारी टाेली हाेइन, भक्तपुर हस्पिटलमा टेन्ट राखेर बसेकाे स्वयंसेवक दस्ता हाे ।
धुलिखेल हस्पिटलकाे एम्बुलेेन्सले समेत गर्न नसकेको /नमानेको अवस्थामा भक्तपुरकाे यस स्वयंसेवक टाेलीले त्याे लासलाई पशुपतिसम्म पुर्याइ जुन साहसपूर्ण कार्य गरे त्यस कार्यप्रति सम्मानसहित सुभाय् पोस्ट परिवार सलाम गर्दछ ।
यस कार्यले नेवार समुदायको सीगुथी परम्परालाई सम्झाई दिएको छ ।
यसरी साहसपूर्ण रूपमा स्वयंसेवक भूमिका खेल्ने समुहका ४ प्रमुख सदस्यहरुमा अरूण सैंजु, राजेश गाइँजु, पुनम कर्माचार्य व न्हुजः किजु रहेका छन् । बि.सं. २०७२ को महाभूकम्पमा पनि उल्लेखनीय रूपमा स्वयंसेवकको भूमिका निर्वाह गरेका उनीहरूलाई अन्तर्राष्ट्रिय संस्थाले समेत विशेष सम्मान गरेको थियो ।
अहिले पनि यस समूह कोरोनालाई लक्ष्यित गरेर स्वयंसेवक भइ दुई महिना अगाडिदेखि टेण्ट लगाएर तयारी अवस्थामा बसेको छ।
फोटो: साभार
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५