चीनका नागरिकहरु अहिले यो रोग विरुद्धको लडाईमा सघाइ रहेका छन् भने यहि क्रममा यहाँ नेपालमा चिनियाँहरुले खाद्य सामग्री वितरण गरेको छ ।
यसै क्रममा एक चिनिया संस्था चाईना फाउण्डेशन फर पोभर्टी एलिभिएसनले अलिबाबा फिलोन्थ्रोपीसंँग सहकार्य गरेर दोस्रो पटक खाद्य सामग्री वितरण गरेको छ ।
‘कोरोना भाईरस संक्रमण विरुद्ध नेपाली जनताको लडाईमा चीन साथ छ’ भन्ने मुख्य नाराका साथ चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकामा रहेका १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि यसरी सामग्री वितरण गरिएको हो भने स्माईलिङ चिल्ड्रेन प्रोगाम अन्तर्गत २ हजार ३ सय ८३ बोरा चामल, ५ केजी दाल र ३ लिटर तेल हस्तान्तरण गरिएको नेपाल प्रतिनिधि जोउ जिईक्वाङले जानकारी दिनुभयो ।
कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनले जनजीवन कष्टकर बन्दै गएको अवस्थामा चीनका जनताहरुको तर्फबाट यथोचित सहयोग गरेको पनि प्रतिनिधि जोउले बताउनुभयो । सो खाद्य सामग्री दुबै नगरपालिकाका १२ सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई प्रदान गर्ने बताइएको छ ।
यस अघि सो संस्थाले विभिन्न नगरपालिका र प्रदेशहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) मास्क, सेनिटाईजर र खाद्य सामग्री,हात धुने वासिङ स्टेसन वितरण गरेको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५