काठमाडौं / काठमाडौं महानगरको वातावरण बिभागमा सफाइको काम गर्ने सबै कर्मचारीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । महानरपालिकाले जेठ २ गते गरिएको आरडिटि (र्यापिड डाइग्नोष्टिक टेष्ट) मा ३ जना महिला स्वास्थ्य स्वयमसेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ रिपोर्ट आएको थियो । परीक्षणबाट एन्टिबडी पोजेटिभ देखिएका सबैको (थ्रोट स्वाब) पिसिआर परीक्षण गरेर थप परीक्षण गरिएको थियो ।
त्यसको रिपोर्ट नआएसम्म ३१ जानालाई टेकुमा क्वारेन्टाइनमा राखिएको थियो । वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले आज शनिबार बेलुका पिसिआरको रिपोर्ट आएको र सबैको नेगेटिभ देखिएको बताए । साँझमा नतिजा आएपछि उनीहरूलाई घर जान अनुमति दिइएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५