नजर राम महर्जन
आज पनि मलाई याद छ २०४७ सालको कुरा हो मदन भण्डारीको नेकपा मालेको महासचिव हुनुुुहुन्थ्यो तर मलाई थाहा थिएन । त्यतिबेला मैले मोटरसाईकलको पछाडिको सीटमा राखेर उहाँलाई पर्सा जिल्लाको ४ वटा गाउँ कमिटीको उद्घाटन गराउन लिएर गएको थिएँ साथै भेटघाट कार्यक्रम पनि राखेको थिएँ । कार्यक्रमपछ मेरो घरमा लिएर गएँ। खाजा खान मासु किन्न पठाउँ भन्दा उहाँले मान्नु भएन । तपाईंको घरमा जे पाकेको छ त्यो ल्याउनुस । खाना भनेको पेट भर्नको लागि हो । मिठो मसिनो नै चाहिंन्छ भन्ने छैैैन ” उहांँले भनेको याद छ ।
आफ्नो राम्रो व्यवसाय भएपनि म सामान्य जीन्दगी जिउँथें ।उहाँले मेरो सादा जीवन मन पराउनु भयो ।
२०४७ को नयाँ संविधान जारी भएको दिन मात्र मैले उहाँ उहाँ नेकपा मालेको महासचिव भनेर चिनें । छक्क परें म त ।
उहाँसँगको माक्र्सवादीहरुसँगको एकताको बेला पर्सा जिल्लामा पार्टी जिल्ल सदस्यको खिचलो हुँदा मैले जिल्ला कमिटि सदस्य पद छाडेको थिएँ । त्यतिबेला मदन कमरेडले तपाईं जिल्ला कमिटिमा बस्नुपर्छ भन्नुभएको थियो । माक्र्सवादीका एकजना कमरेडको लागि छाडेको थिएँ । त्यतिबेला मदन कमरेडले कमरेड हामीलाई तपाईंजस्तो निस्वार्थ, पदलोलुप नभएका कमरेडहरुको खाँचो छ भन्नु भएको थियो । पछि पार्टीको अधिवेशनबाट म भारी बहुमतले जिल्ला सदस्यमा चुनें । उहाँसँग चिनजान भेटघाटको ३ वर्षपछि आजकै दिन दासढुङ्गामा मोटर दुर्घटनामा उहाँको स्वर्गवास भयो । नेपालको एउटा होनहार नेता सदाको लागि विदा भए । उहाँले सोचेजस्तो, जनताको बहुदलीय जनवाद अनुसार अहिलेका नेकपा चलेको छैन । देश र जनताको भन्दा आफ्नो स्वार्थको मतलब नेताहरुदेखि वाक्क लागेर मैले एमाले पार्टी छाडेर संघीय समाजवादी पार्टी गठन हुँदा त्यसैमा लागें । अहिलेसम्म निरन्तर छु । समाजवादी पार्टी नेपालमा पनि जिल्ला कमिटि सदस्यमा छु । अब जनता समाजवादी पछि पार्टीमा मेरो के हैसियत हुन्छ । मलाई थाहा छैन । मैले पार्टीमा काम गर्दा पदलाई कहिल्यै महत्व दिइन ।
सायद उहाँ जीवित भएको भए हामीजस्ता सदस्यहरुले पार्टी छोड्नुपर्दैन थियो होला । जे होस् आज पनि उहाँ स्मरणीय हुनुहुन्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५