काठमाडौं / काठमाडौं महानरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको आफ्ना कर्मचारीहरुको कोरोना परीक्षण गराएको छ ।
आरडीटी परिक्षणमा ३१ जनामा पोजिटिभ रिपोर्ट आएपछि भने काठमाडौंबासीलाई एकपटक झस्काएको छ ।
महानगर पालिकाको वातावरण व्यवस्थापन बिभागमातहतमा रहेका ९३४ जना कर्मचारीमध्ये ६६४ जनाको आरडिटि (र्यापिड डाइग्नोष्टिक टेष्ट) र २६८ जनाको पिसिआर (पोलिमर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो । यसमध्ये आरडिटि परीक्षण गरिएकामा ३ जना महिला स्वास्थ्य स्वयम् सेविकासहित १६ जना पुरुष र १५ जना महिला सफाइ कर्मचारी गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको छ । त्यसैगरी २७० जनाको पिसिआर परीक्षण गरिएको छ । आरडिटि परीक्षणमा पोजटिभ देखिएका कर्मचारीहरुको पछि फेरि पिसिआर परीक्षण पनि गरिएको छ । त्यसको रिपोर्ट आउन बाकी रहेको छ ।
आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएकाहरुलाई टे्कुस्थित वातावरण व्यवस्थापन बिभागको भवनमा क्वारेन्टाइनमा राखिएको छ । “आरडिटि परीक्षणमा पोजेटिभ हुनु कोरोना हुनुु होइन । उहाँहरुको पिसिआर बिधिबाट परीक्षण गरेका छौं । यसको नतिजा आएपछि थप निर्णय गर्छौ,” बाताबरण बिभागका प्रमुख हरिकुमार श्रेष्ठले भने ।
वातावरण व्यवस्थापन बिभागमातहतका ९४५ जना कर्मचारीमध्ये ७३० कुचीकार हुनुहुन्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५