काठमाडौं / रौतहटहटबाट हालै काठमाडौं छिरेर लुकिछिपी काम गरिरहेको अवस्थामा एक व्यक्तिलाई स्थानीय निकायले नियन्त्रणमा लिइ परिक्षणका लागि टेकु अस्पताल पठाइएको छ ।
काठमाडौंमा बाहिरबाट हालै प्रवेश गरेकाहरुमा कोरोना संक्रमित भएको भेटिंदै गएको बेला रौतहटबाट रातारात लकडाउनको बेला काठमाडौं प्रवेश गरि कामपा वडा नंं १९ कयताहिटीस्थित एक कारखानामामा काम गरिरहेको अवस्थामा भेटाइएका नेेक मोहम्मद नामक व्यक्तिलाई त्यस वडाका वडा अध्यक्ष शशिलाल श्रेष्ठ ,वडा सदस्य चन्द्रमान डंगोल र स्थानीय बासिन्दाले प्रहरीको सहयोगमा नियन्त्रणमा लिइ परिक्षणको लागि टेकु अस्पताल पुर्याइएको हो ।
उनी गत बैशाख ३० गते काठमाडौं आएको बताइएको छ । नौलो मानिस प्रवेशको जानकारी भएलगत्तै, वडा कार्यालय र जन सेवा प्रहरी पहलमा उनी कार्यरत धनलाल गुप्ताको मास्क सिउने कारखाना सिल गरि उनीसँग काम गर्ने अरु ७ जना पनि quarantine राख्ने निधो गरिएको बताइएको छ ।
“हामीले कारखाना सिल गरेका छौं र त्यहाँ कार्यरत सबैलाई महानगरको हालको व्यवस्था अनुसार क्वारेन्टाइनमा राखेका छौं । किन कि उनीहरूमा पोजिटिभ देखिए अरुमा सर्न सक्ने डर छ ” वडा सदस्य चन्द्रमान डंगोलले बताए । ” परिक्षणको लागि नमूना लगिएको छ भने रिपोर्ट आइसकेको छैन । रिपोर्ट आएपछि सोही अनुसार कामकारबाही गरिनेछ ” उनले भने ।
काठमाडौं उपत्यकाका स्थानीय निकायहरूको संगठनले हालै मात्र गृहमन्त्रीलाई भेटी उपत्यकामा बाह्य आवागमनमा रोक लगाउन माग राखिरहेकै बेला यस्ता घट्नाहरु दोहोरिरहनुलाई सकारात्मक रुपमा लिन नसकिने एक महानगरबासीले बताए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५