बुटवल/ दिनदिनै कोरोना सङ्क्रमितहरू बढ्दै जान थालेपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
उनका अनुसार आज सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई सिल गर्ने निर्णय भएको हो । जोखिम बढेपछि सिल गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यलयका तर्फबाट प्रजिअ पौडेलले जारी गरेको सूचनाअसार यो निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागू हुनेछ ।
कपिलवस्तुमा सोमबार थप दश जना सङ्क्रमित भेटिएका थिए । योसँगै अहिलेसम्म कपिलवस्तुमा सङ्क्रमतिको संख्या १५ पुगेको छ । सङ्क्रमित सबैलाई थप उपचारका लागि बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याईएको छ । आज सङ्क्रमित भेटिएकाहरू १२ दिनअघि भारतको महाराष्ट्रका विभिन्न स्थानबाट नेपाल भित्रिएका थिए । भित्रिए लगत्तै उनीहरू क्वारेन्टाईनमा थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५