धनगढी/ धनगढीकी कोरोना संक्रमित ३४ बर्षिया दीपा शाही निको भएकी छन्। धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत उनी नेपालभित्रै पहिलो पटक संक्रमित भेटिएकी महिला हुन्।
लगातार दुई पटकसम्मको थ्रोट स्वाब नमूना रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।यसअघि ३५ दिनदेखि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-५ की ३४ बर्षीया महिलाको छ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।उनी गत २२ चैतमा अस्पताल भर्ना भएकी थिइन।
सुदूरपश्चिम प्रदेशमा यसअघि लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप-महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ की महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।योसँगै सुदूरपश्चिम प्रदेशका सबै संक्रमित निको भएर घर फर्किएका छन्।
साभार
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५