काठमाडौं / सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने भन्ने कुरा आइरहेको बेला एक परिवार मलंगवाबाट सपरिवार काठमाडौं आइपुगेको छ ।बा.अ. झ २४१३ नं को गाडीले उनीलाई परिवारसहित काठमाडौं ल्याइ पुर्याएको हो ।
एक महिला सरकारी गाडीमा आफ्ना छोरा छोरीका साथ काठमाडौं आइ सुरुमा ओमबहालमा आफन्तको डेेेरामा पुगेका थिए तर ओमबहालमा आफन्तको डेरामा पुगेका उनलाई स्थानीयबासीले थाहा पाई त्यहाँ बस्न नदिएपछि उनी वंटुमा बस्न गएको बताइएको छ ।
उनलाई त्यहाँ घरबाट ननिस्कने सर्तमा राख्न दिएको बताइएको र तिनको स्वाब परिक्षणको लागि पठाइएको तर रिपोर्ट आइ नसकेको बताइएको छ ।
मूल कुुुरा लकडाउनको समयमा सरकारी गाडीले नैं उपत्यकामा मानिस भित्र्याएकोमा प्रश्न चिन्ह लागेको छ ।
एक स्थानीय जन प्रतिनिधिले यसमा छानबिन हुनुपर्ने माग राखेको छ ।यसबारेकाठमाडौं महानगरका मेयरलाई जानकारी गराइसकेको उनले बताए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५