काठमाडौं/भेरी अस्पतालमा भएको पछिल्लो कोरोना परिक्षणमा नेपालगंजका थप सात जनामा कोरोना भेटिएको पुष्टि गरेको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
पछिल्लाे परीक्षणमा संक्रमण पुष्टि भएकामा नेपालगञ्ज वडा ८ निवासी २२, ३०,४० वर्षका तीन पुरूष हुनुहुन्छ भने ०९, ३२, ३४,५५ वर्षका महिला रहेकाे र उहाँहरूका स्वास्थ्य अवस्था सामान्य हुनुका साथै उहाँहरू स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच गए मध्यरातदेखि त्यहाँको प्रकोप व्यवस्थापन समितिको निर्णय अनुसार कर्णाली प्रदेशको सबै नाका सिल गरिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५