काठमाडौं/ लायन्स क्लब अफ काठमाडौं विशालबजार र राउण्ड टेबल नेपालसंग सहकार्यमा नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा ८० जना पत्रकारहरुलाई राहत वितरण गरेको छ ।
आज सोमबार विशाल बजार न्युरोडस्थित लायन्सको कार्यालयमा पत्रकारहरुलाई उक्त राहत वितरण गरेको हो ।
सो अवसरमा लायन्स क्लब अफ काठमाडौं विशाल बजारका प्रेसिडेण्ट सूर्यतेज शाक्यले पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्रचार्य र महासचिव सुनिल महर्जनलाई राहत सामग्री हस्तान्तरण गरेका थिए। हस्तान्तरण गरिएको सामग्री लकडाउन लम्बिएसंगै जिविकोपार्जन गर्न कठिनाई भएका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई वितरण गरिएको जानकारी दिइएको छ ।
राहत सामग्रीमा ५ किलो चामल, दाल १ किलो, तेल १ लिटर, च्युरा र नून १ पाकेट रहेको छ।
जिविकोपार्जनमा कठिनाई भएका पत्रकारहरुलाई राहत वितरण गर्न पाएकोमा सहयोगी संस्थाले खुशी व्यक्त गरेको छ ।
राहत वितरण कार्यक्रमको संयोजन पत्रकार दबूका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले गरेका थिए।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५