सिरहा/राहत वितरण गर्दा पनि होशियार हुनुपर्ने स्थिती आएको सिरहाको एक घट्नाले देखाएको छ । राहत वितरणका बेला भएको झडप अनि प्रहरीले हस्तक्षेप समेत गर्नु पर्ने अवस्था आएको यो घट्ना एक उदाहरण मात्र हो । लकडाउनको समयमा राहत वितरणको क्रममा सिरहामा झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ।
सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ७ फूलबरियामा सोमबार राहतको विषयमा झडप हुँदा अवस्थालाई सामान्य बनाउन प्रहरीले १३ राउण्ड अश्रु ग्यास प्रहार गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेर्दीले जानकारी दिएका छन ।
लकडाउनमा समस्यामा रहेका गरीब विपन्न परिवारलाई छाडेर आफ्नो नजिकको र जसलाई राहतको कुनै आवश्यकता नरहेको व्यक्तिलाई राहत दिइरहेको विषयमा विवाद भएको जनाइएको छ ।
राहतको विषयलाई लिएर झडप हुँदा तीनजना घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
झडपमा परी घाइते भएकाहरुको मिर्चैयास्थित एक अस्पतालमा उपचार भइरहेको छ भने झडप नियन्त्रण गर्न पुगेका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालको हातमा सामान्य चोट लागेको बताइएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५