बिन्दु कुमार चौहान
लुम्बिनी २० बैशाष । भारतको दिल्लीबाट काम गरि प्रहरीको आँखा छली स्वदेश फर्केका रुपन्देही कोटहीमाई गाँउपालिका वडा नं. १ पूर्निहवा निवासी २५ बर्षीय युवामा कोरोना भाईरस ( कोविड-१९ ) को संक्रमण प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेपछि लुम्बिनीमा कोरोनाको त्रास बढेको छ ।
शुक्रवारदेखि स्थानीय प्रशासनले कोटहीमाई १ को पूरै गाँउ शिल गरे पछि छिमेकी लुम्बिनी साँस्कृतिक नगरपालिका भरि गाँउ टोलमा कोराेनाको त्रास छाएको हो ।
कोरोनाको कहरबाट बच्न लुम्बिनी बजार महिलवार,भभई, मुजहना,मोहम्मदनगर लगायत अन्य गाँउमा भण्डा लगाई साईकल समेत चल्नमा गाँउलेहरुले रोक लगाई जनता कर्फ्यु लगाएको स्थानीय समाजसेवी बबिन बरईले बताए ।
सो सम्बन्धमा ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीसँग जानकारी लिन खोज्दा उनले बिश्वब्यापी महामारी कोरोना भाईरस बिरुद्ध गाँउलेहरुमा जागरुता आएपछि अपरिचित व्यक्ति प्रवेश निषेध गर्न गाँउगाँउका बाटो बन्द गरिए पनि अति आवश्यक सवारी साधन, एम्बुलेन्स,सुरक्षा ,प्रेस र दमकल लाई आवतजावत भईरहेको बताए ।
लुम्बिनीबासीमा कोरोना भाईरसको संत्रास छाएपछि स्वतःस्फूर्त ढंगबाट गाँउलेहरु सडकमा भण्डा लगाई बाहिरबाट आउने अपरिचित ब्यक्तिहरुलाई गाँउ प्रवेशमा रोक लगाउनुका साथै २४ घण्टा जाग्राम बसेर पहरा समेत दिन थालेको लुम्बिनी नगरप्रमुख मनमोहन चौधरीले जानकारी गराए ।
उनले लुम्बिनी क्ववारेन्टाईनमाा राखिएका ३६ जना महिला पुरुषहरुमा आरडीटी परिक्षण गर्दा सबैमा नेगेटिभ देखिएपछि हालसम्म लुम्बिनी साँस्कृतिक नगरपालिका कोरोना संक्रमणबाट पूर्ण सुरक्षित रहेको दाबी गरे ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५