• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

दैनिक ६ हजार जनालाई निःशुल्क खाना खुवाउँदै मध्यपुर थिमि नगरपालिका


सुभाय् संवाददाताMay 2, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

थेमी/ मध्यपुर थिमि नगरपालिकाले दैनिक करिव ६ हजार जनालाई निःशुल्क खाना खुवाइरहेको छ । कम्तीमा ६० जना स्वयंसेवक खटिएर नगरका तीन ठाउँबाट सेवा दिइरहेको स्वयंसेवक तथा जनप्रतिनिधि हरिदास प्रजापतिले जनाए । ‘अहिले बहाखा बजारस्थित एभरेस्ट पार्टी प्यालेस, सिद्धिकाली चोकको शुभश्री र बोडेको सिन्टिटारबाट खाना खुवाउँदै छौं ।’ प्रजापतिको भनाइ छ । सरकारले घोषणा गरेको लकडाउनसँगै दैनिक मजदुरी गुमेकोले आम्दानीको स्रोत नभएर पनि अधिकांस मजदुर निःशुल्क खाना खान बाध्य भएका छन् । मानवधर्मको रुपमा गरिँदै आएको भोकालाई खाना खुवाउने अभियानमा साथ र सहकार्य गर्ने सबैलाई प्रजापतिले धन्यवाद दिए ।
त्यस्तै, वैशाख ११ गतेदेखि निरन्तर स्वयंसेवा गर्दै आएका समाजसेवी राजेश मानन्धरले छिमेकी पालिकाबाट समेत मजदुरहरु खानाको लागि आउने गरेको दाबी गरे । हरेक दिन बिहान र बेलुकी व्यवस्थित रुपमा प्याकेट बनाएर खाना वितरण गरिँदै आएको मानन्धरले जानकारी दिए । निःशुल्क खानाको लागि कसरी आर्थिक व्यवस्थापन गर्नुभएको छ भनी सोधिएको प्रश्नमा उहाँले अहिलेसम्म स्वस्फूर्त सहयोग गर्ने दाताहरुले धानेको भएपनि यो क्रम लामो समय नचल्ने जनाए । नगरपालिकाको अभियान भएर नगरपालिकाले नै पेश्की दिएर समन्वय गर्न सके स्वयंसेवीहरुलाई सेवा दिन तुलनात्मक रुपमा सहज हुने उहाँको भनाइ थियो । निःशुल्क खाना खुवाउनमा समाजप्रति उत्तरदायी व्यवसायी, सहकारी तथा मनकारी मन भएका व्यक्तिहरूले सहयाेग गरेका छन् ।
खाना खुवाउने ठाउँमा सामाजिक दुरी बनाएर लाइनबाट खाना वितरण हुँदैआएको छ । लकडाउनमा कारणवश आआफ्नो गाउँ जान नपाएका असंगठित मजदुर, स्कूल तथा कलेज पढ्ने विद्यार्थी तथा विपन्न वर्गहरु खाना खानको लागि आउने गरेका छन् । भाेकालाई निःशुल्क खाना खुवाउने अभियानलाई मध्यपुर थिमि नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ईन्द्रबहादुर प्रजापति, अभयन्द्र रंजित, दिनेश श्रेष्ठ, सीता विक लगायतका व्यक्तिहरूले सामुहिक संयाेजन गर्दै आएका छन् ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑