बिन्दु कुमार चौहान
लुम्बिनी /कोरोना भाईरस ( कोविड -१९ ) को संक्रमित भेटिएपछि भारतीय सिमावर्ती गाउँ रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नं.१ पूर्निहवा गाँउ प्रहरीले शिल गरेको छ । उक्त गाउँमा भारतबाट आएका एक २५ बर्षीय युवामा कोरोना संक्रमण देखिएपछि पूर्निहवा गाँउ प्रहरीले शिल गरेको हो ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी भारतको दिल्लीबाट आएका संक्रमित युवा बैशाख ५ गते ठोठरीबाट लकडाउनको बेेला प्रहरीको आंँखा छलि गाँउ प्रवेश गरेका थिए । स्वास्थ्य तथा जन संख्या मंत्रालयले ती युवामा कोरोना भाईरसको पुष्टि गरेपछि निजको परिवारका ८सदस्यलाई मझगावा क्वारेन्टाइनमा पठाउनुका साथै वडा नं. १ को सम्पूर्ण गाँउमा आवतजावतका लागि प्रतिबन्ध लगाईएको हो ।
ती युवक गाँउमा आएको खबर पाई दुई हप्ता मझगाँवा कोरेनटाईनमा राखी पीसीआर स्वाब परीक्षण प्रबिधी मार्फत बुटवलस्थित धागो कारखाना कोरोना अस्पतालमा कोरोनाको पुष्टि भएको थियो । पछि थप संक्रमण हुन नदिन सो कदम चालिएको कोटहीमाईका स्वास्थ्य संयोजक मानबहादुर कुँवरले जानकारी गराए ।
प्रहरीले कोटमाई गाँउपालिका १ शिल गरेपछि पतझिया,अमरगंज,जमुही,सिपवा,बोगदिया, पुर्निहवा गाँउका बासिन्दाहरु एकगाँउबाट अर्को गाँउमा आवतजावत गर्न छाडी सकेको कोटटहीमाई – १का वडा अध्यक्ष राजमन जैयसवालले बताए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५