काठमाडौं / हाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न देशभरीको बन्दाबन्दीको कारण विपन्न मजदुर परिवारहरुलाई दैनिक गुजारा गर्न गाह्रो भइरहेको छ ।
कामपा प्रवक्ता एवं १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले भने, ‘पहिलो चरणको राहत वितरण सकिएको र दोश्रो चरणको राहत नआउँदासम्मको लागि भनेर चैतको २९ गतेदेखि भुइखेलमा खाना खुवाउने व्यवस्था कामपा १५ बाट भईरहेको छ ।’
‘करिब ४ हजार परिवारलाई राहत बाड्ने काम भइसकेको छ ।’ डंगोले भने, ‘पुनः राहतको व्यवस्थाभन्दा खाना खुवाउनु कार्यलाई नै सर्बदलीय सदस्यहरुबाट पारित गरेको छ ।’
भुइखेल चौरमा चैतको २९ गतेदेखि कामपा १५ वडाले खाना खुवाउने व्यवस्था गरिआएको छ ।खाना खुवाउने कार्यलाई अझ सहजरुपमा सबैले खाना पाओस् भन्ने उद्देश्यले बैशाख १७ गते मंगलबारदेखि चःमतिमा नेवा: खल: चमतिका अध्यक्ष पूर्णकाजी ज्यापूको संयोजकत्वमा चमतिमा खाना खुवाउने कार्यक्रम भइरहेको छ । उल्लेख्य संख्यामा भोजन ग्रहण गर्न आउने सर्वसाधारणहरु आउन थालेको र त्यसको व्यवस्थापन आन्तरिक रुपले गरेर नियमित रूपमा खाना खुवाउने योजना राखेको अध्यक्ष ज्यापूले बताए ।यसैबीच आज शुक्रबार काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यले चमतिमा खाना खुवाउने कार्यको निरिक्षण गरेका छन् ।त्यसैगरी जन गल्लीमा र बैशाख १८ गतेदेखि बुद्ध पार्कमा स्थानीय टोलसुधार समिति मार्फत जनताको चुल्हो बालिएको वडा अध्यक्ष डंगोलले जानकारी दिए । स्थानीय टोल सुधार समितिहरुको समन्वयमा १५ वडाबाट त्यस भेगका वासिन्दाहरु कोहि भोकै नपरुन् भनेर खाना खुवाउने प्रबन्ध मिलाएको डंगोलले बताए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५