कीर्तिपुर /कीर्तिपुरको इज्जत र मानमाथि धावा बोल्न थालेपछि कीर्तिपुरवासी आक्रोशित बनेका छन् । कीर्तिपुरका स्थानीयहरु स्वतःस्फुर्तरुपमा सडकमा उत्रेका छन् । कीर्तिपुरलाई गाली गरेको भनेर एक युवकलाई समातेर प्रहरीलाई बुझाएको स्थानीय पत्रकार नजर राम महर्जनले बताए ।
कीर्तिपुरवासीले ती युवकलाई कुनैपनि हालतमा नछाड्न चेतावनी दिँदै महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा ज्ञापन पत्र र घेराऊ समेत गरेको थियो ।
वरिष्ठ पत्रकार नजरराम महर्जन भन्छ्न् “कीर्तिपुरको इज्जत र मानमाथि धावा बोल्न थाले पछि कीर्तिपुरवासी स्वतःस्फुर्त रुपमा सडकमा उत्रेका छन । कीर्तिपुरलाई गाली गर्ने युवकलाई नछाड्न चेतावनी दिंदै महानगरीय प्रहरी बृत कीर्तिपुरमा ज्ञापन पत्रसहित स्थानीयले घेराउ गरेको हो ।”
स्मरणीय छ लकडाउनको अबधिमा राहत विवादलाई लिएर केही विद्यार्थीहरुले किर्तिपुरबासीको मानमर्दन हुने गरी नारा लगाई सडकमा निस्किएको बताइएको थियो ।
यस लकडाउनको समय किर्तिपूरमाथि मिडिया ,विद्यार्थीहरुले लगातार अनावश्यक प्रहार गरिनुलाई कीर्तिपुरबासीले सशंकित दृष्टिकोणले हेरेका छन् ।
यस प्रकारको गतिविधिले जातीय र क्षेत्रीय सद्भावमा समेत खलल पुर्याउन सक्ने कीर्तिपुरबासीले भनेका छन् ।
“लकडाउन अवधि सुरुभएदेखि विभिन्न बहानामा किर्तिपुरमाथिप्रहार हुँदैछ यो कीर्तिपुरबासीको निम्ति सह्य छैन ।”वरिष्ठ पत्रकार महर्जनले आक्रोश पोखे ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५