काठमाडौं/ कोभिड–१९ को संक्रमण थप दुईजनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ को बिरगंजमा थप दुईजनामा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिरगंजका दुईजना पुरुषमा संक्रमणको पुष्टि भएको जानकारी दिएका छन । उनका अनुसार दुबैजना संक्रमित ५० वर्षीय पुरुष हुन । दुईजना संक्रमित थपिएसँगै नेपालमा कोभिड–१९ को संक्रमितको संख्या ५१ पुगेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले दुबैजना अस्पतालमा आइसोलेशनमा रहेको बताए । दुबैजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएपछि संक्रमणको पुष्टि भएको छ ।
शनिबार मात्रै बिरगंजका चारजना संक्रमितमा तेस्रोपटक परीक्षण गरेपछि प्रतिवेदनमा कोभिड–१९ को संक्रमण निगेटिभ आएपछि अस्पतालबाट घर फर्काइएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५