आत्मबल उच्च बनाए कोरोना निको हुन्छ – तेस्रो कोरोना सङ्क्रमित तामाङ
धादिङ/ नेपालका तेस्रो कोरोना संक्रमित युवा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । धादिङको नेत्रवती डब्जोङ गाउँपालिकाका ३२ वर्षीय उरबहादुर तामाङ कोरना भाइरसविरुद्ध विजय हासिल गर्दै आज डिस्चार्ज भएका हुन्।
कोरोनालाई पराजित गर्न आत्मविश्वास बलियो हुनुपर्ने अनुभव उनले बताए ।
ऊनी काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत थिए । आफूलाई कोरोना भएको प्रमाणित भएपछि खानपिन र उपचार प्रक्रियामा अत्यन्त सजग भएर बसेको भन्दै । उपचारका क्रममा चिकित्सकले दिएको उत्साहले थप हौसला मिलेको उनले बताए ।
तामाङ गत चैत्र १० गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए ।
दुवईबाट नेपाल फर्केका उनलाई सामान्य रुघाखोकी र ज्वरो आएपछि कोरोनाको आशङ्कामा टेकु अस्पतालमा जाँच गराइएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५