काठमाडौं / राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी नेपाल एकीकृत हुँदै आज बिहिवार नयाँ पार्टीको रूपमा जनता समाजवादी पार्टी नेपालको नाममा दर्ताको लागि निर्वाचन आयोगमा पुगेको छ । राजेन्द्र श्रेष्ठ , राजेन्द्र महतो लगायत एकीकरण भएका दलका प्रमुख नेताहरू लकडाउनको समयमा निर्वाचन आयोग पुगेका थिए । आज नयाँ एकीकृत दल दर्ताका लागि निवेदन दिने कार्य भएको नेताहरूले बताएका छन् । नियम अनुसार दल एकीकरण भएपछि निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने हुन्छ । आजको यस एकीकृत दल दर्ताको निवेदन सोही अनुरुप भएको बताइएको छ ।
गएरातिमात्र यी दलको एकीकरण भएको थियो ।
(पूर्ण समाचार पछि )
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५