• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

कोरोनाको अनौठो राजनीति ! लाश देखाई फाइदा उठाउनेहरुको धन्दा चकाचौंध !


सुभाय् संवाददाताApril 22, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट


डा.रोशन श्रेष्ठ 
मसानघाटका कर्मचारी बरु हरदिन लाश गन्दैनन होला, हामी गन्दैछौं अचेल । कोरोना-कहरको यो विडम्बनामा आज एउटा फरक अनुभूति पस्किने मूडमा छु।
मानिस आफूलाई सबैभन्दा कमजोर असहाय कतिखेर महशुस गर्छन् ? त्यो बेला गर्छन्, जब ऊ आफ्नो जीवनको अन्त्य देख्छ । एक विद्वान अमेरिकी मित्रले फेब्रुअरीको दोस्रो हप्तातिर भनेको झलझल सम्झन्छु –
“७ दशक लामो मेरो जीवनमा म पहिलोपटक सम्भावित मृत्यूको भयले आतंकित छु ।”
हो उनी कोरोनाभाइरसबाट तर्सेका हुन । चीनमा तवाह मचाउँदै गरेको त्यो भाइरस अन्य देशहरुमा तीब्र दरमा फैलिरहेको थियो । नियन्त्रण र रोकथामको कुनै छेकछन्द देखिएको थिएन । औषधोपचार वा भ्याक्सिन कतै थिएन ।
चामल, चाउचाउ जस्ता खाद्यपदार्थहरु, ट्वाइलेट पेपर, स्यानिटाइजर, ज्वरोको औषधि बजारमा सकिन थाले सँगै यूरोपमा चर्केको कोरोना-महामारीले अमेरिका भित्रभित्रै आतंकित भएको संकेत दियो। यद्यपि बढाइचढाइ फुर्ति लाउने बानी भएका राष्ट्रपति ट्रम्प ‘हामीलाइ यसले छुँदैन’ भन्दैथिए त्यो बेला।
इटालीमा २४ घण्टा भित्र मर्नेको संख्या ४००, ६०० हुँदै ८०० नाघ्न थाले । लाश ब्यवस्थापन गर्न समेत नसकिने गरी मानिस मरिरहेका दु:खद समाचारहरु भाइरल हुँदै थिए । जसै अमेरिकामा कोरोनाको आतंकले जरा गाड्यो, यूरोपका ती भयावह दु:खहरु फिक्का झै भयो । अमेरिका मा २४ घण्टाभित्र मर्नेको संख्या १००० नाघ्यो, १४०० नाघ्यो, १८०० नाघ्यो, भन्दाभन्दै आम्मामामा ‘आज २००० नाघ्यो’ भन्ने दिन पनि आए ।
हज्जारौ मानिस हरदिन मर्ने क्रम रोकिएको छैन, तर यो खबर अचेल मानिसहरुले पचाउन थालेको भान हुन्छ । जस्तो कि हिजोमात्रै अमेरिकामा २४ घण्टाभित्र २८०० भन्दा बढी मरे, तर अहिले ‘आम्मामामा आज २८०० मरे’ भनेर अचम्मित हुने वा आतंकित हुनेहरु देखिदैन । ८०० मर्दा आतंकित मानिसहरु २८०० मर्दा कसरी सजिलै चुपचाप भएका होलान हगि ? अनौठो छैन र यो ?
कोरोनाले मरेको संख्या अमेरिकामा अत्याधिक बढ्नुको पछाडि केहि अरु तथ्यहरु पनि रहेछन ।
मुटु, फोक्सो, श्वासप्रश्वास, रक्तसञ्चार प्रणालि, मधुमेह आदि रोगले ग्रसित मानिसहरु कोरोनासंक्रमण पछि छिटै सिकिस्त भएर मृत्यु हुने तथ्यांकले देखाएको छ। ९८% प्रतिशत मृतक पहिला नै कुनै न कुनै रोगसित लडीरहेका थिए । उसो भए जम्मा २% हाराहारी मात्रै कोरोनाको कारण मरेको हो त भन्ने प्रश्न उठ्ने नै भो। त्यसमाथि त्यो २% पनि कोरोनाकै कारण मृत्यु भएको १००% निश्चित हो भन्ने आधार के छ? भन्ने प्रश्नको उत्तर अझै फेला परीसकेको छैन ।
रिपोर्टलाइ हेर्दा यस्तो भनेको पाइन्छ – “मृतकमा कोरोनासंक्रमण पोजिटिभ देखिएको छ।” यसको अर्थ यो होइन कि मृतक कोरोना कै कारण मृत्यु भएको हो। मानौं कि, ती मृतकहरु सबैको जुका परिक्षण गर्दा यदि जुका-पोजिटिभ आए जुकाले गर्दा मरेको भन्न मिल्ला? अथवा मानौं ती मृतकहरुको दाँत परिक्षण गर्दा यदि दाँत फुक्लेको भए दाँत नहुनाले मरेको भन्न मिल्ला? स्मरण रहोस, मृतकहरु अधिकांश बृद्ध छन् र दाँतको समस्या शायद तिनीहरुमा थियो होला पनि । प्रश्न नै गर्ने हो भने यस्ता प्रश्नहरुको जवाफ पाउन मुश्किल छ।
अर्को तथ्य के रहेछ भने अमेरिकामा कोरोना संक्रमित बिरामीको मृत्यु भएको उल्लेख भएमा उपचारमा संलग्न अस्पतालले वीमा कम्पनीसित बिलिङमा १९ हजार डलर थप रकम असुल्न सक्ने प्रावधान रहेछ । कोरोना संक्रमित बिरामी भेन्टिलेटरमा राख्दै उपचार गर्दा मृत्यु भएको उल्लेख भए बिलिङमा करीब ४० हजार डलर थप रकम असुल्न सक्ने रहेछ । यसरी धेरै रकम असुल्न पाइने सुविधाले गर्दा पो कोरोनाको कारण मरेको संख्या धेरै देखिन गएको हो कि भन्ने शंका उब्जेको छ । पैसा देखेपछि महादेवको त्रिनेत्र, यो पापी दुनियाँमा सबैतिर उस्तै हो।
यता तथ्यांकमा दैनिक २८०० बढी मृत्यु भइरहेको देखिदा सामाजिक सञ्जालमा राजनैतिक ध्रूविकरण झनै बढेको देखिन्छ । ध्रूविकरणको त्यो अमानवीय तस्वीर हेर्दैजाँदा कतै यो विश्वब्यापि कोरोना आतंक समग्रमा अमेरिकाको आन्तरिक राजनीतिक बेमेलको नतीजा पो हो कि जस्तो पनि लाग्दैछ । (यो बारे पछि लेखुँला)
तर बिर्सनु नहुने अर्को तथ्य पनि छ । नेपालमा जब लकडाउन शुरु भयो, पशुपतिमा लाश आउन कमि भयो भन्ने समाचार थियो । अस्पतालमा उपचार चालु हुँदा मृतकको संख्या बढ्ने, तर लकडाउनको कारण उपचार सुविधा नहुँदा मृतक पनि घट्ने – यो कसरी भयो भन्ने प्रश्न उठेको थियो ।
त्यस्तो अवस्था नेपालमा मात्र होइन रहेछ । अमेरिकामा कोरोनाको महामारी फैलिएपछि कोरोना बाहेक अन्य कारणले मर्नेको संख्या ज्यादै घटेको छ।
गोली हानाहानमा मर्ने, सडक दुर्घटनामा मर्ने आदिको संख्या त घट्यो घट्यो, तर त्यो भन्दा अचम्म लाग्दो तथ्य यो देखियो कि हार्ट एटेक भएर मर्ने, लङ फेलिएर भएर मर्ने, मल्टि अर्गान फेलिएर भएर मर्ने, कमन फ्लु लागेर मर्ने, निमोनिया भएर मर्ने, क्यान्सर भएर मर्ने, आत्महत्या गरेर मर्ने, गलत उपचार (मेडिकल मिस्टेक) भइ मर्ने – यी सबै प्रकारको मृत्युहरुमा कमि आएको छ । अस्पतालहरुमा बिरामीको संख्या कम भएको कारण करारमा नियुक्त डाक्टर तथा नर्सहरु समेत हज्जारौको संख्यामा बेरोजगार हुन थालेका छन् ।
कोरोनाको कारण अहिलेसम्म करीब ४६ हजार अमेरिकीहरु मरेको तथ्यांक त छ । तर अन्य सबै कारणहरुबाट मर्ने संंख्यामा उल्लेख्य कमि आएको तथ्यांक जोडिएको छैन ।खासमा पहिला भन्दा अहिले कम मानिस मरे या बढी मरे भन्ने हिसाब गर्न बिर्सेको देखिन्छ । फ्यूनरल हाउसहरु मा समेत मन्दि छाएर कामदारहरु बेरोजगार भएको समाचार आएको छ ।
हेर्नुस अब, यो लाश गन्ति गर्ने सवालमा पनि यहाँ भुलभुलैया धेरै रहेछ । लाश देखाइ फाइदा उठाउनेहरुको धन्दा चकाचौंध रहेछ ।
कुरा बुझौं, तथ्य जानौं ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑