काठमाडौं/ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक कोरोनाका विरामी निको भएर आज आइतबार डिस्चार्ज भएका छन् ।
कोरोना उपचारमा अहिलेसम्मको नेपालको उपचार नतिजा सतप्रतिशत आएको छ यो उत्साहजनक कुरा हो ।
अस्पतालबाट डिस्चार्ज भएपछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्राे भएकाे बताए । उनले १५ दिन अलग्गै बस्ने र अरूलाइ पनि काेराेना संक्रमणबारे सजग बनाउने बताए । दुई सताको उपचारपछि पछिल्लो पटक गरिएको परीक्षणले उनमा कोरोना रिपोर्ट नेगेटिभ आएको थियाे ।
चैत ११ गते मुम्बइबाट कैलाली अाएका उनीसहित ४१ जनालाई लम्की चुँहा नगरपालिका–९ स्थित प्रतापपुरको क्वारेन्टाइनमा राखिएकाे थियाे । परीक्षणका क्रममा ४१ जना मध्ये उनमा काेराेना संक्रमण देखिएकाे थियाे ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५