काठमाडौं /भुटानले आफ्ना देशका नेपालमा रहेका कलाकार लिन त्यहाँको सरकारी बिमान सेवा ड्रुक एअरको चार्टर्ड हवाईजहाज पठाई भुटानी अभिनेत्री उगेन छोदेन र एक अर्का भुटानीलाई आफ्नो देश फिर्ता लिएर गएको छ । अभिनेत्री छोदेन दिपेन्द्र लामाको नेपाली फिल्म ‘२ नम्बरी’मा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन् ।लकडाउनका कारण अप्ठ्यारोमा परेको बेला भुटानले यस्तो उदाहरणीय काम गरेको छ ।
उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमानसेवा ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो । काठमाडौंबाट बिहान ९:०० बजे उगेन र अर्का एकजना भुटानी नागरिक लिएर विमान पारो विमानस्थल फर्केको थियो ।
निर्देेशक लामाका अनुुसार पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारनटाइन सुरु भइसकेको छ । त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन् । स्थिति सामान्य भएपछि बाँकी छायांकन पूरा गर्न उनी फेरि नेपाल आउनेछिन् ।
भुटानी सरकारको यसप्रकारको आफ्ना नागरिकप्रति गरिएको व्यवहारबाट नेपालले पनि केही सिक्नुपर्ने देखिन्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५