वीरगञ्जमा भेटिएका कोरोना संक्रमित भारतीयसँग सम्पर्कमा आएका ८१ जनाको स्वाव संकलन गरिएको छ भने अरु ८१ जनाको र्यापिड किटबाट परीक्षण गरिएको छ।र्र्यापिड किटबाट जाँच गरेकाहरूको नतिजा नेगेटिभ आएको पर्साका सहायक सिडिओ ललित बस्नेतले जानकारी दिए।
‘वीरगञ्जबाट कैलाली पुगेकी महिला र वीरगञ्जको मस्जिदमा बसेका भारतीयसँग अल्ली बढी सम्पर्कमा भएकालाई ट्रेसिङ गरेर हामीले पिसिआरबाटै परीक्षण गर्न स्वाव संकलन गरी हेटौंडामा रहेको प्रयोगशालामा पठाएका छौं। भोलिसम्म नतिजा आउला,’ उनले सेतोपाटीसँग भने, ‘उनीहरूसँग सम्पर्कमा आएका र नआएका अन्य ८१ जनाको पनि र्यापिड किटले परीक्षण गरिएको थियो सबैको नतिजा नेगेटिभ आएको छ।’
वीरगन्जमा अहिलेसम्म १५३ लाई क्वारेन्टिनमा राखिएको छ। वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा २५ शैय्या आइसोलेसन छ। जहाँ अहिले तीन भारतीय र रौतहटका एक गरी चार संक्रमितलाई राखिएको छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५