• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

तीनजना भारतीयमा कोरोना संक्रमित भएको पाइएपछि वीरगन्जको छपकैया “सिल”


सुभाय् संवाददाताApril 12, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

माधुरी महतो

वीरगन्ज / वीरगञ्जको नारायणी क्षेत्रीय अस्पतालमा आएका तीनजना भारतीय धर्मगुरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि उनीहरू रहँदै आएको क्षेत्रमा स्थानीय प्रशासनले आवतजावतमा कडा बन्देजसहित ‘सील’ गरिदिएको छ। ती तीनैजना सप्तरीमा भएको एउटा धार्मिक सभामा सहभागी हुन आएको बताइएको छ।
तर भारत र नेपाल दुवै देशमा ‘लकडाउन’ गरिएका कारण भारत फर्कन नसकेपछि उनीहरू वीरगञ्जको छपकैयाको मस्जिदमा विगत केही समयदेखि बस्दै आएको स्थानीयवासीको भनाइ छ।
उनीहरूमध्ये दुईजना उत्तरप्रदेश र एकजना दिल्लीका वासिन्दा हुन् ।
सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरू त्यही बेलादेखि नेपालमा रहँदै आएको मस्जिदका मौलाना अलि असगरले बताए।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले सङ्क्रमितहरूले गत डिसेम्बर महिनादेखि नै नेपालमा रहँदै आएको बताएको जनाएका छन्। तर स्थानीयका अनुसार उनीहरू वीरगञ्जको मस्जिदमा विगत १५ दिनदेखि देखा परेका हुन्।
वीरगञ्ज छपकैयाको मस्जिदमा भने केही सातादेखि रहँदै आएपनि घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरू आफैँ नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलानाले बताए।
उनीहरूसँगै २१ जना अन्य पनि परीक्षणका लागि नारायणी अस्पताल पुगेको बताइएको छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदन उपाध्यायले शुक्रवार आफैँ अस्पताल आइपुगेका भारतीय धर्म गुरुहरूले चेकजाँचका लागि आग्रह गरेको तथा हेटौँडामा उनीहरुको स्वाब पठाइएपछि शङ्कास्पद देखिएको र तत्काल आइसोलेशनमा चिकित्सकको निगरानीमा राखिएको बताए।
लकडाउनका कारण वीरगञ्ज शहरमा चहलपहल निकै कम छ
उनीहरूको स्वास्थ्य अवस्था शङ्कास्पद देखिएपछि शनिवार राति उक्त वडाका दुईवटा मस्जिदमा छापा मारी प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएर क्वारन्टीनमा राखेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताएका छन्।
नियन्त्रणमा लिइएका २६ मध्ये भारत दिल्लीको मुस्लिम तबलीगी भेलामा सहभागी भएका १९ जना भारतीय, वीरगञ्जका ३ जना र भारतबाट पाहुना आइबसेका ४ जना रहेको उनले बताए।
उनीहरूलाई वीरगञ्जको छपकैया र घुसुकपुरमा रहेका २ वटा मस्जिदबाट नियन्त्रणमा लिएर वीरगञ्जको श्रीपुरस्थित एक स्कुलमा स्थापना गरिएको क्वारन्टीनमा राखिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
स्वास्थ्य मन्त्रालयले वीरगञ्जको नारायणी अस्पतालमा रहेका तीनै जनामा कोरोना सङ्क्रमण भएको आइतवार पुष्टि गरे लगत्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयालाई ‘सील’ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिएका छन्।
उनले उक्त वडा र आसपासका स्थानलाई समेत नै सील गरि सङ्क्रमितहरू गएका वा रहेका स्थानको समेत पहिचान कार्य सुरु गरिएको बताए।
उनले सील गरिएको स्थानबाट मानिसहरू अत्यावश्क बाहेक घर बाहिर निस्किन नपाइने गरी बन्देज लगाइएको बताए।

चुनौती
वीरगञ्जमा तीन जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै वीरगञ्ज महानगरपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
महानगरपालिकामा आइतवार सुरक्षा समितिको बैठक समेत बसि विभिन्न निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताएका छन् ।
नारायणी अस्पतालमा पर्याप्त सुविधाको अभाव हुनसक्ने बताइएको छ।
यस्तै बैठकले वीरगञ्जमा छुट्टै कोरोनाभाइरस विशेष अस्पताल सन्चालन गरिने निर्णय पनि भएको उनले बताए।
वीरगञ्जको एक निजी अस्पताल भाडामा लिएर छुट्टै कोरोनाभाइरस विशेष अस्पताल सञ्चालन गरिने बताइएको छ।
हालसम्म नारायणी अस्पतालको क्वारन्टीनमा १२५ जना र आइसोलेशनमा ३ जना रहेका छन्।
यससँगै वीरगञ्जको नारायणी अस्पतालमा आकस्मिक बाहेकका अरू सबै सेवा शनिवारदेखी बन्द गरिएको छ।
अस्पतालमा उपचारका लागि आउने बिरामी र स्वास्थ्यकर्मी दुवै जोखिममा पर्न सक्ने भएकाले आकस्मिक उपचार बाहेकका अरू सबै उपचार सेवा बन्द गरिएको बताइएको छ।
त्यहाँ कोरोनाभाइरस सङ्क्रमितहरूको उपचारका लागि आवश्यक शैय्या तथा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामग्री अभाव हुन सक्ने बताइएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाराको कलैया र महोत्तरीको जलेश्वरमा थप कोरोना विशेष अस्पतालको लागि व्यवस्थापनको तैयारी भइरहेको जानकारी दिएका छन्।
स्रोत :बिबिसी नेपाली

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑