• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  प्रविधि

बिरगंजमा भारतीय जमातीलाई कोरोना संक्रमण पुष्टि भएपनि किन सक्रिय छैन निकाय ?


सुभाय् संवाददाता April 12, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

वीरगञ्ज । तीनजना भारतीय जमातीलाई कोरोना संक्रमण भएको पुष्टि भइ सकेको छ । यहि समूहका धेरै मानिसहरू लकडाउनको समयमा मोरङ सुनसरीमा पनि छिरेको कुरा सुन्नमा आएको थियो र त्यतिबेला नै यसतर्फ ध्यान पुर्‍याउन स्थानीयले आग्रह गरेको थियो ।तर त्यतिबेला यसलाई बेवास्ता गरिएको थियो । बिरगंजको यो संक्रमण पुष्टिले एकपटक अलि शान्त जस्तै देखिएको कोरोना संक्रमणको समाचारमा  एकपटक फेरि झस्काइ दिएको छ ।नेपाल  भारत सीमा क्षेत्र यस तथ्यले संवेदनशील बनेको स्पष्ट देखिएको छ ।
यतिबेला भारत र नेपालको सीमामा जतिसुकै कडाइ गरिएको भनिएपनि चोरी बाटो प्रयोग गरेर सीमा वारपार गर्न सकिने सम्भावना धेरै नैं देखिन्छ त्यसैले यतिबेला भारत र नेपाल संयुक्त रुपमा मिलेर निगरानी राख्नुपर्ने र यसका निम्ति तत्काल उच्चस्तरीय छलफल गरेर सकेसम्म चाँडो कदम अगाडि बढाउनुपर्ने आवश्यक रहेको विश्लेषकहरुले भनेका छन् ।
यसैगरी बिरगंजमा यसरी कोरोना संक्रमित भएको प्रमाणित भैसकेपनि त्यस क्षेत्रमा तुरुन्त एक्सन लिनुपर्ने कार्य नभएकोप्रति सबै क्षेत्र चिन्तित बनेको छ । वीरगञ्जमा सरोकारवाला निकाय जसरी सक्रिय हुनुपर्ने हो, त्यो देखिएको छैन ।
औपचारिकरुपमा सञ्चार माध्यमलाई नबताए पनि नारायणी अस्पतालमा शनिबार राति ८ बजे नै तीनजना भारतीयमा पोजेटिभ देखिएको खबर आएको थियो । त्यसयता छपकैयास्थित दुईवटा मस्जिदबाट २६ जनालाई क्वारेन्टाइनमा राख्ने बाहेक अन्य काम केही भएको छैन । प्रभावित इलाकामा रहेका संक्रमित हुनसक्ने शंकास्पद ब्यक्तिहरुलाई तुरुन्त क्वारेन्टाइनमा राखेर र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्नुपर्ने विज्ञहरुको धारणा रहेको छ । तर यस्तो केही भएको छैन ।
कोरोना संक्रमित बिरामीलाई राख्ने कोभिड अस्पताल वीरगञ्जमा छैन । आइसोलेसनमै राखेर उपचार गर्नुपर्ने बाध्यता छ । प्रदेश २ सरकारले महानगरपालिकामा पीसीआएर मेसिन दिने र कोभिड अस्पताल बनाउन सहयोग गर्ने भने पनि त्यो कार्यान्वयन भएको छैन ।
यस्तो अवस्थामा कोरोना संक्रमित भेटिएको सूचना लामो समयसम्म बाहिर नल्याउँदा जोखिम बढेको नारायणी अस्पतालका चिकित्सकहरु बताउँछन् । उनीहरु कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफलमा बसेका छन् ।
चिकित्सक संघ नारायणीका अध्यक्ष डा अरुण सिंह भने चाँडै एक्सनमा जानुपर्नेमा सूचना लुकाउँदा चिकित्सक स्वयं अप्ठ्यारोमा परेको बताउँछन् । ‘औपचारिक जानकारी राति नै आएपछि त्यसलाई सार्वजनिक गर्नुपर्ने हो, त्यसले मानिसलाई सतर्क रहन मद्दत पुग्थ्यो’ डा सिंहले भने ‘हामीलाई सार्वजनिक नगर्नू, पहिला मन्त्रालय नै डिक्लियर गर्छ भनिएको छ । तर लामो समयसम्म सार्वजनिक गरिएन । यसले हामी अप्ठ्यारोमा परेका छौं ।’
कोरोना संक्रमण फैलन नदिन जुन किसिमको तयारी हुुनुपर्ने हो, त्यो नदेखिएको उनले बताए । ‘चिकित्सक, स्वास्थ्यकर्मी र समुदाय सबै जोखिममा छन्,’ उनले भने ‘अब के गर्ने, कसो गर्ने भनेर चिकित्सकहरु छलफल गर्दैछौं ।’
कोरोनाले छपकैया क्षेत्रमा समुदाय नै प्रभावित हुन सक्नेतर्फ ध्यान दिँदै आसपासको ठाउँ शील गर्ने र छिटोभन्दा छिटो स्क्रिनिङ र टेष्ट गर्नुपर्ने नारायणी अस्पतालका अर्का चिकित्सक डा. उदयनारायण सिंह बताउँछन् । ‘जुन ठाउँका मानिस संक्रमित भएका छन्, त्यो आसपासको क्षेत्रलाई शील गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुको सम्पर्कमा आएका व्यक्तिलाई ट्रेसिङ गरेर परीक्षणको दायरामा ल्याउन सक्नुपर्छ । अन्यथा समुदायमै खतरा आउन सक्छ ।’
नारायणी अस्पतालमा एउटा मात्रै भेन्टिलेटर छ । चारवटा आईसीयूको प्रबन्ध छ भने आइसोलेसन वार्ड २५ बेडको छ । नारायणी अस्पतालमा ३ सय थान र्‍यापिड टेष्ट किट आएको छ, जिल्ला जनस्वास्थ्य कार्यालय र नेशनल मेडिकल कलेजलाई १/१ सय थान र्‍यापिड टेष्ट किट प्रदान गरिएको छ ।
तर संक्रमित फेला परेको गाउँमा परीक्षण शुरु गरिएको छैन ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर टेष्ट किट आए पनि सुरक्षा उपकरण नहुँदा स्वास्थ्यकर्मी फिल्डमा जान सक्ने अवस्था नरहेको बताउँछन् । ‘जन स्वास्थ्यमा सय थान र्‍यापिड टेष्ट किट आएको छ । तर व्यक्तिगत सुरक्षा उपकरण नहुँदा स्वास्थ्यकर्मी साथीहरु फिल्डमा जान सक्ने अवस्था छैन,’ ठाकुरले भने, ‘स्वास्थ्यकर्मीले व्यक्ति-व्यक्तिलाई गएर भेट्नुपर्ने हुन्छ, उनीहरु स्वयं जोखिममा रहने भएकोले सुरक्षा सामाग्री आएपछि काम गर्न सकिन्छ ।’
अनलाइन खबरको सहयोगमा

सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑